लोकेश्वर महादेव धार्मिक महा–महोत्सव–२०७५ को आयोजना हुने

समाजसेवी धार्मिक संस्था श्री लोकेश्वर प्राकृतिक संरक्षण उपभोक्ता समितिको सत्संकल्पमा, श्री लोकेश्वर महादेव धार्मिक महा–महोत्सव मूल समारोह समितिको आयोजकत्वमा तथा भक्तियोग फाउन्डेसन नेपालको तात्वधानामा यही वैशाख २२ गते देखि २९ गते सम्म बुढानिलकण्ठ नगरपालिका–८, भंगाल, बाहुनडाँडा, सुन्दरबस्ती, काठमाडौँमा आठ दिने श्री लोकेश्वर महादेव धार्मिक महा–महोत्सव–२०७५ को आयोजना हुने भएको छ ।

श्री सीताराम दरबार स्थापना, रुद्राविषेक सहित गुरुकुल सञ्चालन, अखण्ड भजन, किर्तन, दीप प्रज्वलन तथा हवनको व्यवस्था गर्ने, वयोवृद्धाहरुका लागि भजन, सत्संग स्थल, युवाहरुकालागि ध्यान, योग, संस्कार केन्द्र, बालबालिकाहरुका लागि बाल संस्कार कार्यक्रम संचालन गर्न सकिने स्थल तथा धार्मिक पुस्तकालय निर्माण गर्नु समारोहका प्रमुख उदेश्य तथा गुरुयोजनाहरु रहेका छन । उक्त कार्यक्रममा सहभागि भएर सहयोग गर्नको लागि यस संस्थाका सकृय सदस्य तथा युवा नेता सविन अधिकारिले सबैलाई आग्रह गर्नु भएको छ ।

उक्त समारोहमा संगीतमय श्रीमदभातवतको दार्शनिक प्रवचन, राष्ट्रिय कलाकारद्धारा विषेश सांगीतिक प्रस्तुती, पितृमुक्ति अनुष्ठान विशेष कार्यक्रम, सहस्र १००८ शालिग्राम पूजा, अर्चना, दर्शन एवं परिक्रमा, योग विज्ञान शिविर, बाल संस्कार कार्यक्रम, तुलादान कार्यक्रम, गौदान कार्यक्रम, भूमिदान,अन्नदान कार्यक्रम, रामदरवार प्राण प्रतिष्ठा कार्यक्रम, विवाह, ब्रतबन्ध, ग्रहशान्ति र ८४ पूजा कार्यक्रम समेत सञ्चालन गरिने मूल आयोजक समितिका संयोजक दिपक बरुवालले बताउनु भयो । उक्त समारोहको समुदघाटन वैशाख २२ गते मध्यान्ह १बजे उपराष्ट्रपति नन्द किशोर पुनले गर्नुहुने कार्यक्रम रहेको जानकारी प्रचार प्रसार संयोजक निरन्जन अधिकारीले दिनुभएको छ ।

मूल समारोह समितिले सम्पूर्ण महानुभावहरुमा उपस्थिती तथा यस पवित्र कार्यमा सहयोगको लागि अपिल गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com