विदेशी कमिसनको लोभमा हप्ता दिन नपुग्दै नेपाली फिल्मलाई लत्याई दिन्छन् हल व्यवसायी “जवान” लाग्ने बित्तिकै नेपाली फिल्म अ‍ैंचोपैंचोका शो हरु एकाएक हटाईयो

३ दिन भयो चलचित्र अंचो पैंचोकी निर्देशक कृशा चौलागाँईले आफ्नो चलचित्रको अपडेट लिन छाडेको । हामीसंगको टेलिफोन वार्तामा निर्देशक चौलागाँई भन्छिन्
“सरी टु से बट् म यस विषयमा कुरै गर्न चाहान्न , तिन दिन भईसक्यो म बाहिर पनि निस्केको छैन , अहिले हलमा मेरो फिल्म के भईरहेको छ, कस्तो भईरहेको छ भनेर अपडेट पनि लिएको छैन । ”

आफु लगायत टिमले धेरै नै मेहनत गरेर निर्माण गरेको चलचित्र हलमा लागेको हप्ता दिन पनि नबित्दै हलहरुले चलचित्रको शो नै घटाईदिए पछि उनलाई निकै चित्त दुखेको छ । “यो हामीले अहिले मात्रै होईन पहिल्यैदेखि भोग्दै आएको समस्या हो , हामीमा केहि कमजोरी भएपनि एउटा चित्त बुझाउने बाटो हुन्थ्यो तर दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको चलचित्रलाई नै एक हप्ता नहुँदै विभिन्न सिनेमा हलहरुले शो घटाई दिए । ”

नेपाली हलमै नेपाली फिल्म संधै हलिउड र बलिउड फिल्मको चेपुवामा पर्छन् ।

उनले आफ्नो चलचित्र “अ‍ैंचोपैंचो” रिलिज भएको केहि दिनमै शाहरुख खान अभिनित हिन्दि चलचित्र “जवान” रिलिज भएपछि आफुले पाएको प्रायः सबै महत्वपुर्ण शो हरु ने हल सञ्चालकले हटाईदिएको बताईन् ।

कृशा भन्छिन् “एक किसिमले हिन्दी चलचित्रले सबै जातजातिहरुलाई छोईरहेको हुन्छन् ,दर्शकको पनि आफ्नो ईच्छा हो तर जहिले पनि विदेशि चलचित्रको आगमन हुने बित्तिकै चलचित्रको शो एकाएक काटिन्छन् धेरै चित्त दुख्छ ।”

उनले आफुहरु यस विषयमा आवाज उठाउँदा उठाउँदै थाकेको बताईन् । “अब कि त सिनेमा बनाउनै छोड्नु प¥यो ,जति आवाज उठाएपनि हाम्रो आवाज कसैले सुन्दिैनन् , ईन्टरटेन्टमेन्टको कुरालाई नेस्नालिटि संग जोडेर फाईटै गर्दा पनि हुने केहि होईन तर कति मेहनत ,लगानि गरेर चलचित्र निर्माण गरिएपनि जतिबेला प्रतिफल पाउने बेला आउँछ त्यति बेला हल व्यवसायीले हाम्रो लगानिलाई बालुवामा पानी खन्याय सरी खन्याई दिन्छन् , अब यस्तो हालतले फिल्म बनाउन सक्ने अवस्था पनि छैन । ”

हरेक नेपाली फिल्म मेकरहरुले फिल्म सञ्चालनको समयमा यस्तै दुख भोग्नु परिरेहेको उनी गुनासो पोख्छिन् ।
“मेरो मात्रै होईन हरेक नेपाली फिल्महरु हलमा पुग्ने बेला यसरी नै हेपिन्छन् । हामीले जति नै मेहेनत गरेपनि जति नै राम्रो कन्टेन्ट ल्याय पनि हाम्रा चलचित्रलाई विदेशि चलचित्रको अगाडि हल सञ्चालकले निरिह बनाई दिन्छन् । ”

फिल्म रिलिजको दिन “अ‍ैंचोंपंैचो ”ले ७५ मल्टिप्लेक्शमा राम्रै शो हरु पाएको थियो तर हप्ता दिन नहुँदै “जवान” रिलिज भएपछि अ‍ैंचोपैंचो लाई दिईएका शो हरु हलहरुले एकाएक घटाईदिए ।

चलचित्र गणपतिको अवस्था त झन् नाजुक भएको निर्देशक कृशा बताउछिन् “गणपतिका त शुरुका दिनहरुमा नै शो हरु हटाईयो ,झन् त्यो फिल्म मेकरहरुलाई कस्तो भयो होला ?”

कमिसनको लोभले त नेपाली चलचित्रलाई हेपिएको होईन भन्दा
निर्देशक कृशा भन्छिन् “मैंले सुने अनुसार विदेशि चलचित्र उहाँ (हल सञ्चालक)ले फिक्समा किनेर ल्याउँनु हुन्छ रे त्यसैले पनि फाइनान्सियल प्रेसर पनि हुन्छ होला तर यो समस्या नेपाली चलचित्र निर्माण कर्ताहरुले पहिल्यैदेखि भोग्दै आइरहेका छौं ।
जवानले हाम्रो शो काटियो अब फेरि गद्दार शुरु भईसक्यो अब शो पाउने चान्स त झनै कम हुन्छ । ”

नेपाली चलचित्रका धेरै निर्माता तथा कलाकारहरुले पनि यसविषयमा पटक पटक आवाज उठाउँदै आईरहेका छन् । त्यसमा अग्र स्थानमा पर्छन् नायक तथा चलचित्र निर्माता दिपक राज गिरि ….
दिपकले धेरै समयदेखि विदेशि चलचित्रलाई नेपाली सिनेमा हलमा लाग्नै दिन नहुने भन्दै आवाज उठाउँदै आईरहेको छन् । विशेषगरि नेपाली हलमा रहेको हिन्दी फिल्मको दबदबा बिरुद्ध उनि खनिदै आएका छन् । नेपालमा मनोरञ्जन शुद्ध नेपाली नै हुनेपर्नेमा जोड दिंदै उनले भने “म त नेपाली हलमा हिन्दी फिल्ममात्रै होईन ,नेपाली टेलिभिजनमा हिन्दी सिरियल पनि बन्द हुनुपर्छ भन्छु । ”

यस्तै पछिल्लो समय नामका कारणले विवादित बनि सेन्सर नपाएको चलचित्र “एक भगवत् गीता”की निर्देशक तथा कुनै समय नेपाली चलचित्रकी चर्चित अभिनेत्री झरना थापाले नेपाली फिल्मलाई हल व्यवसायीले संधै हेपेको बताउँछिन् । “एक त शो पाउनै गाह्रो पाएको खण्डमा पनि थाहै नदिई हलहरुले शो हटाईदिन्छन् । ”

पछिल्लो चलचित्र “एक भगवत् गीता”को विवादबारे पनि बोल्दै थापाले पटक पटक स्पष्टिकरण दिदा पनि कसैले साथ नदिएको बताईन् । केहि दिन अघि मात्रै उनले फेसबुकमा पनि आफ्नो चलचित्र “एक भगवत् गीता”को विवादबारे लामो स्टाटस लेख्दै स्पष्टिकरण दिएकी थिईन् ।

विदेशि चलचित्रलाई नेपाली हल व्यवसायीले कति प्राथामिकता दिन्छन् भन्ने कुरा त हिन्दी चलचित्र “आदिपुरुष”को विवादका क्रममा पनि प्रष्ट भएकै हो । काठमाडौं महानगरका मेयर बालेन्द्र “बालेन” शाहले चलचित्रमा समावेश विवादित डाईलग नहटाए महानगर भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने भन्ने घोषणा के गरेका थिए सम्पुर्ण हल व्यवसायी बालेनको विरोध मै खनिए ।
के नेपालमा फिल्म नै बन्दैनन् र ?
त्यत्रि मात्र होईन हिन्दी चलचित्र चल्न दिनुपर्छ भनेर बालेन बिरुद्ध हल व्यवसायी अदालत सम्म धाए । यसबाट पनि नेपाली हलमा बाह्य चलचित्रलाई कति महत्व राखिन्छ भनेर छर्लङ्ग भएको छ ।

के यति भनेर हामी चुप लागे बस्ने त ?
फिल्म मात्रै नभई समग्र कलाकारिता क्षेत्र कुनै निश्चित जागरि होईन ।
कलाकारिताका अन्य विधामा अलि कम समय लगानी खर्चिए पनि चलचित्रक्षेत्रमा चलचित्रकर्मिले बर्षौ कमाएको ईज्जत ,प्रतिष्ठा,पैसा ,समय दर्शकको मनोरञ्जनका निमित्त दाउमा राख्छन् तर जब यी कुराहरुको नतिजा आउने बेला हुन्छ , महिनौं दिन, वर्षौ दिन लाएर गरेको मेहनतले रंग ल्याउने बेला हुन्छ तब दर्शक सम्म पुग्न नपाई पछारिन्छन् यी चलचित्र ….
अनि यस्तो बेला निर्माणकर्ताको अवस्था के होला ? कहिले सोचेका छन् हल व्यवसायीले ? आखिर विदेशि चलचित्र बन्द भएको खण्डमा हल व्यवसायीलाई पाल्ने भनेको नेपाली चलचित्रले नै होईन ? सरोकारवाला निकाय किन मौन बस्छन् ? सिंगो नेपाली चलचित्र जगत नै धरापमा परेका बेला यसरी मौन रहे ती निकाय के का लागि ? चलचित्र नै नबने ती निकायको अवधि पनि सकियला त यसमा हेक्का खै ?

कलाकारहरु नै यस क्षेत्रमा लागेर आर्थिक रुपमा टिक्न गाह्रो हुने बताउँछन् भने ती कलाकारलाई अािर्थकरुपले सबल बनाउने निर्माणकर्ता नै नरहे नेपाली कला जगतको अस्तित्व कहाँ रहला ?

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com