रुकुमको बाँफिकोट गाउँपालिका–६ मग्मा सालघारीमा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।
लु १ ज २६३८ नम्बरको जिप सालघारीमा दुर्घटना हुँदा बाँफिकोट ६ का २९ वर्षीय खम्बु खत्रीको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य ९ जना घाईते भएका छन् ।
घाइते हुनेमा बाँफिकोट ६ की २७ वर्षीया अमृता खत्री, सात वर्षीय हिटल खत्री, आठबिसकोट ७ का ३५ वर्षीय प्रकाश नेपाली, आठबिसकोट ९ का २५ वर्षीय रमेश खत्री, आठविसकोट १२ का ३८ वर्षीय मानबहादुर विष्ट, बाँफिकोट ७ का २६ वर्षीय राजकुमार खत्री, २ वर्षीय मन्जु खत्री, २२ वर्षीय निरुता खत्री र ४० वर्षीय मानबहादुर खत्री रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका हिटल खत्री र अमृता खत्रीलाई नेपालगंज रिफर गरिएको छ भने अन्य ७ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


