रक्षा खर्च कटौति गर्ने रुसी राष्ट्रपति पुटिनको प्रतिबद्धता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियारको दौडको पछि नलाग्ने र रक्षा खर्च कटौति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पुटिनले सबै मुलुकसँग रचनात्मक वार्ताका लागि खुला रहेको बताए । राष्ट्रपतिमा निर्वाचित भएपछि आफ्ना प्रतिस्पर्धी उम्मेदवारसँगको छलफलमा उनले आर्थिक वृद्धि आफ्नो मुख्य प्राथमिकता भएको बताए । मुख्य विपक्षी नेतालाई भाग लिन रोक लगाइएको निर्वाचनमा पुटिनले ७६ प्रतिशत मत प्राप्त गरेका थिए । पुटिन सन् १९९९ देखी राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा सत्ताको केन्द्रमा रहँदै आएका छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com