राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईई परीक्षा चैत ८ गतेदेखि गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले उत्त, निर्णय गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले गत बर्षकै आधारमा परीक्षा सञ्चालन हुने जानकारी दिए । एक्जाम्टेडको पुरानो र रेगुलरको नयाँ पाठ्यक्रमको आधारमा परीक्षा हुने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । पनिकाले यो बर्ष शनिबार पनि परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


