खाडीमा काम गर्ने महिलाको अवस्था चिन्ताजनक

खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा पठाउनुपर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था निकै कमजोर रहेको देखाएको छ । आप्रवासी कामदारको पक्षमा का मगर्दै आएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आइओएम० को नेतृत्वमा जोर्डन, कुबेत र लेबनानमा गरिएको अध्ययनअनुसार घरेलु महिला कामदारको अवस्था कमजोर छ । ती देशमा नेपाल लगायत दक्षिण एसियाली मुलुकका महिला ल्याएर घरेलु काममा लगाइन्छ ।

खाडी मुलुकमा घरेलु कामदार महिला तथा अन्य श्रमिक पठाउने नेपाल, भारत, पाकिस्तान र श्रीलंकाका श्रम र कुटनीतिक निकायका सरकारी अधिकारीलाई भेला पारेर बिहीबार युएन वुमन, स्विस सहयोग नियोग र आइओमले आयोजना गरेको बहुसरोकारवाला निकायसँगको परामर्श बैठकमा अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको हो ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com