म्यानमार सरकारविरुद्ध लडाइँ जारी राख्ने रोहिंग्या आर्मीको उद्घोष

म्यानमार, पुस २४ । म्यानमारको अल्पसंख्यक रोहिंग्या मुसलमान बहुल क्षेत्रको विद्रोही समूहले सरकारविरूद्ध लडाइँ जारी राख्ने जनाएको छ ।

गतवर्ष ‘आराकान साल्भेसन रोहिंग्या आर्मी’ (आर्सा)ले सेनामाथि आक्रमण गरेपछि रखाइन प्रान्तमा हिंसा सुरु भएको थियो । उक्त हिंसाका कारण करिब साढे ६ लाख ५० हजार रोहिंग्या मुसलमान समुदाय बंगलादेश पलायन भएका थिए ।

आर्साले गत शुक्रवार रखाइन प्रान्तमा सेनाको ट्रकमाथि आक्रमण गरेको दावी गरेको छ । म्यानमार सरकारले आर्सालाई उग्रवादी समूहको रूपमा हेरेपनि उक्त समूहले आफुलाई रोहिंग्याको अधिकारका लागि लडिरहेको बताउने गरेको छ ।

म्यानमार सरकारले रोहिंग्यालाई अनागरिक भन्दै उनीहरूलाई बंगलादेशबाट आएका अवैध आप्रवासी मान्ने गरेको छ । गत अगष्ट २५ मा आर्साको आक्रमणमा ३० जना प्रहरी मारिएका थिए भने सेनाको चौकी ध्वस्त भएको थियो ।

संयुक्त राष्ट्रसंघले म्यानमारको सेनाले अल्पसंख्यक रोहिंग्याविरूद्ध जातीय सफाया गरेको आरोप लगाउदै आएको छ । एजेन्सी

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com