Image processed by CodeCarvings Piczard ### FREE Community Edition ### on 2016-09-03 18:26:20Z | | ÿ

म्यानपावरहरु पुन आन्दोलित ।

काठमाडौं । वैदेशिक रोजगारमा जाने देश मध्ये मलेशिया एक पहिलो स्थानमा रहेको देश हो । अझ पनि लाखौ नेपालीहरु रोजगारीको सिलसिलामा मलेशिया काम गरि रहेका छन । रोजगारीको गन्तव्य नै बनि आएको मलेशिया गत १० महिनादेखि जिएसजी ,ओएससी,आइएससी,माईग्राम,बायोमेट्रिक ले गर्दा बन्द रह्यो । पुरानो कोटालाई खुल्ला गरेता पनि आजबाट म्यानपावरहरुले पुन आन्दोलन सुरु गरेका छन् । व्यवसायीको मुख्य माग नयाँ व्यवस्था अनुसार धरौटीमा ब्याज पाउनुपर्ने रहेको छ, जुन वैदेशिक रोजगार नियमावलीमा व्यवसायीलाई धरौटीमा ब्याज दिने व्यवस्था पुष्टि छैन ।वैदेशिक रोजगार व्यवसायीका महासंघका अध्यक्ष रोहन गुरुङले एक हप्तासम्म कामदारलाई विदेश जान रोकिएको बताए र जेठ २३ गतेसम्म पनि माग सुनुवाई हुनुपर्ने बताएका छन् । उनीले  वैदेशिक रोजगार व्यवसायीकोमागको सुनुवाई नगरे वैदेशिक रोजगारका कार्य ठप्प पार्ने चेतावनी दिएको छन् ।हाल सम्म निश्चित तोड नपाएको वैदेशिक रोजगार व्यवसायीले कहिले बाटो पाउने हो थाहा छैन ा विभिन्न सरकारको निति आईरह्यो र सँगै व्यावसायीहरुको माग पनि तर अन्योलता भने हाल सम्म पनि कायमै छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com