मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु घटनास्थलमै मृत्यु भएको

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जना कर्मचारीको मृत्यु भएको छ । मंगलबार राति रा ४ प २०१२ नंको मोटरसाइकल बागचौर नजिकै दुर्घटना हुँदा पशु सेवा कार्यालय बागचौरमा कार्यरत ५४ वर्षीय पूर्णबहादुर डाँगीको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार बेलुकी कार्यालय समय सकेर घर फर्कने क्रममा बागचौर पातीहाल्न सडकखण्डको शारदा नदीनजिकै मोटरसाइकल दुर्घटना हुँदा डाँगीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।

हिजो राति घर नपुगेपछि बिहान खोजी गर्दा डाँगीको शव फेला परेको प्रहरीले जनाएको छ । डाँगी सबार मोटरसाइकल सडकदेखि २० मिटर तल खोल्सोमा खसेको थियो ।

THIS IS ADD AREA
x

Check Also

भारतिय मगन्ते भन्छन् नेपाली नागरिकता चाहियो ,,तराईबासीले पाउने कहिले?

नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को ...

Social Media Auto Publish Powered By : XYZScripts.com