नर्सका माग सम्बोधन गर्न चार सदस्यीय वार्ता समिति गठन

गत बुधवार देखि ११ बुदेमागसहित आन्दोलनमा होमिएका नर्सहरुका माग सम्बोधन गर्नको लागि सरकारले वार्ता समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय समिती गठन गरिएको छ । सुरुमा सामान्य आन्दोलन गर्र्दै आएका नर्सको समुहले अहिले आन्दोलनलाई थप कडा बनाउदै बिरामीको सेवा समेत गर्न छोडेपछि सरकारलाई थप दवाव परेको हो ।

समितिको सदस्यमा डा.गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा रहेको मन्त्रालयका चिकित्सा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठले जानकारी दिए। मानव अंग प्रत्यारोपण केन्द्रबाट पद निष्काशन गरिएका नर्र्ससहित सातजनाको पुनर्वहाली हुनुपर्ने , नर्सका अधिकार र सुविधामा बृद्धि गरिनुपर्ने, नर्सको छुट्टै शाखा खोलिनुपर्ने लगायतका माग राखि नर्सको संगठन नै आन्दोलनमा उत्रिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com