महिला टि२० आई सिरिजमा नेपालको विजयी शुरुवात हङकङविरुद्धको खेलमा सिताको शानदार प्रदर्शन

हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले महिला टि२० आई सिरिजमा विजयी सुरुवात गरेको छ । आजको खेलमा सिता राना मगरको शानदार प्रदर्शन रह्यो ।

मलेसियाको वायुमास ओभलमा आज भएको खेलमा हङकङले दिएको ८५ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका लागि सम्झना खड्काले नटआउट ३६ र पूजा महतोले १६ रन बनाइन् । सीता रानामगर ८ बलमा ३ रनमा नटआउट रहिन् । बलिङतर्फ हङकङकी इक्रा सहर, मारिको हिल, मारयम बिबी र केरी चानले १÷१ विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ ओभर १ बलमा ८५ रन बनाउँदा अलआउट भयो । हङकङका लागि केरी चानले ३४ र डोरोथिया चानले १६ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता राना मगरले ५ विकेट लिइन् । उनले ४ ओभरमा १६ रन दिँदै ५ विकेट लिइन् । यस्तै इन्दु बर्माले २ विकेट लिइन् ।

शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com