माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख बन्ने संभावना प्रबल भएको छ । मन्त्रिपरिषद्मा नजाने पक्कापक्की भइसकेपछि माओवादीका प्रभावशाली नेता महरालाई यस्तो जिम्मेबारी दिने प्रस्ताव पार्टी अध्यक्ष प्रचण्डले गरेका छन् । यसअघि सभामुखमा ओनसारी घर्ती मगरलाई नै दोहोर्याउने चर्चा सभामुखमा महराको उचित व्यवस्थापन हुने भएकोले उनलाई यो जिम्मेवारी दिन लागिएको हो । यस्तो छलफल भएपछि माओवादीले पाएको सभामुख पद महराको पोल्टामा जाने भएको हो । सभामुखमा ओनसरी घर्ती दोहोरीने चर्चा समेत थियो। तर दाहालले महरालाई सभामुखमा पठाउने चाहना गरेपछि त्यो सम्भावना टरेको एक नेताले बताए। गृहमन्त्रालयमा रोल्पाकै वर्षमान पुनलाई प्रस्ताव गरेर महराले सभामुख सुरक्षित गरेको समेत माओवादी स्रोतको भनाई छ। ‘अन्य नेताहरुले गृहको अपेक्षा गरेको समयमा महराले पुनलाई प्रस्ताव गरेर आफुलाई सभामुखमा सुरक्षित गरेको देखिएको छ’, एक नेताले भने, ‘सबैलाई मान्य हुने अनुहार भएकोले सम्भवत पार्टीमा उहाँकै नाममा सहमति हुन्छ।’ महराले यस अघिका सरकारमा माओवादीको नेतृत्व गरेर उपप्रधान तथा अर्थ, गृह, परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन्।

English
MTV NEPAL MTVNEPAL


