एमालेलाई मन्त्री छान्न सकस, ओलीले पाए जिम्मा

सत्तारुढ दल नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरु छान्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठले आफ्नो भागमा परेका १० मध्ये ८ मन्त्री छान्ने जिम्मा ओलीलाई दिने निर्णय गरेको हो । ‘सरकारमा जाने मन्त्री छान्ने जिम्मा हामीले प्रधानमन्त्रीलाई दिएका छौँ’, एमालेका सचिव तथा पार्टी प्रवक्ता योगेश भट्टराईले बैठकपछि बालुवाटारमा सञ्चारकर्मीसँग भने, ‘भूगोलको सन्तुलन, सामाजिक सन्तुलन, पार्टीमा दिएको योजना , योग्यता र क्षमता आदिको मूल्याङ्कन गरी पार्टीका अन्य नेतासँगको परामर्शमा प्रधानमन्त्रीले मन्त्री बनाउने नेता छान्नु हुनेछ ।’

सरकार विस्तारमै केन्द्रित भएको एमाले स्थायी समिति बैठकमा मधेसवादी दललाई पनि सरकारमा ल्याउन छलफल अघि बढाउने निर्णय भएको छ । ‘सरकार विस्तारबारेमा विशेष छलफल भयो । एमाले र माओवादी केन्द्रसँगै संघीय समाजवादी नेपाल र राष्ट्रिय जनता पार्टीसँग पनि सरकार विस्तारका लािग छलफल गर्ने निर्णय भएको छ’, सचिव भट्टराईले भने ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com