भारतमा ट्रकोमा रोगको निःशुल्क उपचार हुने

२४ मंसिर । भारतमा बालबालिकामा आँखामा हुने ‘ट्रकोमा’ रोगको निःशुल्क उपचार गर्ने घोषणा गरिएको छ । भारतका स्वास्थ्य मन्त्री जगत प्रकाश नाडाले ट्रकोमा सम्वन्धी राष्ट्रिय सर्वेक्षण सार्वजनिक गर्दै यस्तो घोषणा गर्नुभएको हो । उहाँले शुक्रबार नयाँदिल्लीमा बोल्दै ट्रकोमाको क्षेत्रमा ऐतिहासिक उपलब्धी भएको पनि बताउनु भयो । स्वास्थ्य मन्त्री नाडाले सवै जिल्लामा ट्रकोमाको रोगबाट प्रभावितहरुको संख्यामा उल्लेख्य सुधार आएको पनि बताउनुभयो ।

“विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार अहिले भारतमा ट्रकोमाको क्षेत्रमा धेरै सुधार भएको छ, निकै कम मात्रै ट्रकोमाका विरामीहरु देखिन थालेका छन्,” उहाँले भन्नुभयो । उहाँले ट्रकोमा रोगबाट प्रभावित हुनेहरुको संख्या अझै कम गर्न आखाँमा राख्ने औषधीको उपलब्धता, व्यक्तिगत सरसफाई, सफा पानीको प्रयोग र वातावरणीय सरसफाईमा सुधार लगायत तर्फ बढी ध्यान दिनु पर्ने बताउनु भयो ।

THIS IS ADD AREA
x

Check Also

आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ । “पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो ...

Social Media Auto Publish Powered By : XYZScripts.com