भक्तपुरबाट कोटेश्वरसम्म सुरुङमार्ग बनाइने स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि यस्तो तयारी थालिएको

बढ्दो सवारी जामले अस्तव्यस्त बन्दै गएको कोटेश्वर चोकबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङमार्ग निर्माणको तयारी थालिएको छ । सवारी जामले सडक अस्तव्यस्त भएको भन्दै कोटेश्वर चोकबाट सूर्यविनायकसम्म सुरुङमार्ग निर्माण गरिने भएको छ । अत्याधिक सवारीको आगमन हुने भएकोले जामको सास्ती पनि उत्तिकै मात्रामा पर्ने भएकोले त्यसबाट छुटकारा दिलाउने उद्देश्यले सुरुङमार्गको तयारी सुरु भएको हो । त्यसको लागि भक्तपुर नगरपालिकाले डिपिआर तयारीको काम गरिरहेको छ । भक्तपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि यस्तो तयारी थालिएको जानकारी भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले दिएका हुन् ।

पूर्वउद्योगमन्त्रीसमेत रहेका बस्नेतले राजधानी काठमाडौँसम्म जाने एक मात्र यो सडक क्षेत्र बढ्दो सवारी चापले अस्तव्यवस्त हुन थालेपछि विकल्पका लागि सुरुङमार्ग निर्माण प्रक्रिया थालिएको बताए । बस्नेतका अनुसार कोटेश्वर क्षेत्रदेखि भक्तपुरसम्म सहज सवारी आवागमनका लागि कोटेश्वर चोकमा फ्लाई ओभर निर्माण पनि अघि बढाइने बताए । ‘सुरुङ मार्ग निर्माणका लागि डिपिआर बनाउने काम अघि बढाउँदैछौँ’, भक्तपुरको जगातीमा टेक मिडिया हाउसबाट आयोजित बधाई कार्यक्रममा बस्नेतले भने, ‘एक किलोमिटर लामो यो सुरुङमार्ग बनेपछि यातायात आवागमन सहज हुनेछ भने सुरुङ हेर्ने आन्तरिक पर्यटक पनि आउनेछन् ।’

यो सुरुङमार्गको विस्तृत अध्ययनपछि यसको लागतबारेमा आगामी सरकारसँग पहल गरी काम थालिने बस्नेतले बताएका छन् । ‘सुरुङमार्ग नभई पूर्वबाट भित्रिने सवारीसाधन अब कोटेश्वर चोकले धान्नै सक्दैन’, उनले भने, ‘यो परियोजनालाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याएर निर्माण थाल्नेछौँ ।’

कोटेश्वरबाट अहिले मध्यपहाडी लोकमार्ग, अरनिको लोकमार्गसहितका ठुला मार्गबाट दिनमा हजारौँ सवारीसाधन बाहिरिने र भित्रिने गरेका छन् । कलंकीसँगै यो चोक पनि अत्यधिक जाम हुने क्षेत्रमा पर्छ ।

प्रदेश तीनको राजधानी भक्तपुर

कार्यक्रममा बोल्दै सांसद बस्नेतले प्रदेश नम्बरको राजधानी भक्तपुर नै हुने बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले हेटौँडालाई प्रदेश ३ को अस्थायी राजधानी बनाए पनि प्रदेश संसदको बहुमतले भक्तपुरलाई नै राजधानी बनाउने जिकिर गरे ।

‘प्रदेश तीनको राजधानी बन्न भक्तपुर बाहेक अन्यत्र उपयुक्त छैन । भक्तपुरस्थित शिक्षा विभागको परिसरमा प्रदेशसभाको कार्यालय तथा निवास राख्न अहिले नै सबै पूर्वाधार तयारी अवस्था छन्’, उनले भने, ‘भक्तपुर तीन नम्बर प्रदेशको बीचमा पनि छ । अन्यत्र राजधानी बनाएर पूर्वाधारमा अर्बौँ खर्च गर्नुभन्दा पूर्वाधार तयारी अवस्थामा रहेको भक्तपुरलाई नै प्रदेश सभाको बहुमतले प्रदेश तीनको राजधानी बनाउँछ ।

THIS IS ADD AREA
x

Check Also

भारतिय मगन्ते भन्छन् नेपाली नागरिकता चाहियो ,,तराईबासीले पाउने कहिले?

नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को ...

Social Media Auto Publish Powered By : XYZScripts.com