बालेनको एक स्टाटसले बढाएको १२ भाईको व्यापार

शनिबार राती करिब ९ बजेको कुरा हो सुत्केरी अवस्थाकी बालेन पत्नि सबिना काफ्ले आईसियुमा छटपटाईरहेकी आफ्नी छोरीलाई स्तनपान गराएर र्फकिने क्रममा कोटेश्वरमा ट्राफिक प्रहरीले गाडि रोकी केरकार ग¥यो । जन्मिएका दुई सन्तान मध्ये जन्मदै एक सन्तान गुमाएर विचलित सुत्केरी आमा जो अर्की सन्तानलाई बचाउनका लागी आफ्नो बिग्रिएको स्वास्थ्यावस्थाको प्रवाह नगरि लागी परेकी छन् …

उनै बिरामी बोकेको गाडीलाई ट्रफिकले रोक्छ अनि अनावश्यक केरकार गर्छ र केहि समय गाडि रोकिदिन्छ । गाडी चालकले गाडीमा बिरामी भएको कुरा जानकारी गराउँदा पनि अनेक तनाव दिईन्छ । यो समयमा त्यो बिरामीको ज्यान तलमाथी जे पनि हुन सक्थ्यो तर त्यहाँ मानवियताको कुनै प्रवाह गरिदैन ।

हो त्यहाँ गल्ति केहि थियो । शनिबारको दिन सरकारी गाडी चलाउनु नियम विपरित थियो । तर गृहमन्त्रालयको नै स्विकृति पाएको महानगर प्रमुखको घरमा रहेको उक्त गाडि महानगर प्रमुख बालेन पत्नि सविनाको स्वास्थ्यमा आकस्मिक समस्या आएपछि छिटो अनि सुरक्षाका निम्तिले प्रयोग गरिएको थियो ।

आफ्नी सुत्केरी पत्नि माथी ट्राफिक प्रहरीले गरेको व्यवहार बालेनका लागि अति नै असह्य थियो । नहोस् पनि कसरी बालेनको ठाउँमा अरुनै व्यक्ति भएपनि पनि त्यति नै असह्य हुन्थ्यो ।

त्यहि पिडा अनि आक्रोशले मन भरिएपछि बालेनले सोही राति फेसबुकमा एउटा स्टाटस लेखे । जसले रातारात तरंग ल्यायो । किनकी त्यो स्टाटस कोही साधारण व्यक्तिले होईन एक मेयरको थियो ।

पोखेको त उनले केवल आफ्नो मनको पिडा थियो जो आक्रोशले भरिएको थियो तर त्यहि उनको स्टाटसले भने सबैको चैन उडाई दियो । जब सो स्टाटस पोस्ट भयो अनि अनेक क्रिया प्रतिक्रियाको खेल शुरु भयो ।

शुरु भयो त्यसैलाई राजनितिकरण गर्नेहरुको खेति ..उनको त्यहि भावनामाथि टेकेर उनलाई गिराउन खोज्नेहरुको लाग्यो ताती ..
अनि ओईरो लाग्योे १२ भाईको प्रयोजित न्युज । यति सम्मकी सुत्केरी सविनालाई तिजको दर खान गएको समेत भनियो ।
सायद बालेनको ठाउँमा ठुला ठुला नेता,उनका श्रीमति तथा तीनका सन्तानहरु सरकारी गाडि नै प्रयोग गरेर पार्टी जान लागेको भए , साथीहरुसंग रमाईलो गर्न जान लागेको भए ट्राफिकका आँखा बन्द हुन्थ्ये होला । १२ भाईले लेख्ने कलमको मसि सकिन्थ्यो होला ।

तर यहाँ एक विचलित सुत्केरि मेयर पत्निको कुरा थियो । अनि सबैको आँखा किन नजाँदो हो त ।

एक चोटी मात्रै होईन पटकपटक कटाक्ष गर्दै मेयर बालेनको कामबाट प्रभावित आम समुदायमा भ्रम फैलाउने समाचारहरु आईरहे ,आईरहेका छन् र अझैं आउने छन् पनि …किनकी राज्यको चौथो अंगलाई नै अकुत कमाईको भाँडो बनाएकाहरुको व्यापार जो मौलाएको छ ।
सहि के हो ? गलत के हो ? मानवियता संवेदना के हो ? कसलाई छ यहाँ प्रवाह…. केवल पैसा आउने श्रोत भए पुगिहाल्यो । कसलाई मतलब छ पत्रकारीता आचारसंहिताको ?

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com