बलात्कार गरेपछि बहिनीको हत्या गरेको खुलासा

सप्तरी जिल्लामा एक युवकले ११ वर्षीया बहिनीको बलात्कारपछि हत्या गरेका छन् । खडग नगरपालिका ९ लालपटीका १८ वर्षीय राजदेव मण्डलले आफ्नै काकाकी छोरीको बलात्कारपछि हत्या गरेका छन् । गत माघ २५ गते उक्त घटना भए पनि आरोपी भाग्न सक्ने आशंकामा प्रहरीले आरोपी पक्राउ परेपछि मात्रै शुक्रबार घटना सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा आरोपी राजदेवलाई सार्वजनिक गरिएको थियो ।
आरोपी राजदेव गत पुस २५ गते साँझ ५ बजे आफनै कोठामा रहेकी काकाकी छोरी भेटन गएका थिए । कोठाभित्र ब्लाङकेट ओढेर सुतिरहेकी बहिनीलाई राजदेवले बलात्कार गर्न खोजेपछि उनी ब्युझिएकी थिइन् ।

कोठा बाहिर घरका अन्य सदस्यहरू रहेको बेला राजदेवले बहिनीलाई जबरजस्ती बलात्कार गरेको अनुसन्धानवाट देखिएको उक्त घटनाका अनुसन्धान अधिकृत समेत रहेका इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले जानकारी दिए । बालिका चिच्याउन थालेपछि अरूले थाहा पाउने डरले राजदेवले कुर्ताको तुनाले १५ मिनेटसम्म घाँटीमा कसेर उनको हत्या गरेको अनुसन्धानवाट खुलेको प्रहरी उपरीक्षक सिंहले बताए । बहिनीलाई बलात्कार गरी राजदेव घरवाट फरार भएका थिए,

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com