काठमाडौं महानगरपालिका वडा नं. २१ लगनटोलस्थित एक घरमा भीषण आगलागी भएको छ । अमृतलाल रञ्जीतको घरमा शनिबार बिहान करिव ४ बजे आगो लागेको हो । आगलागीमा परेर प्रविणलाल श्रेष्ठ घाइते भएका प्रहरी जनाएको छ । उनको वीर अस्पतालमा उपचार भएको छ । श्रेष्ठ आफ्ना बुबालाई बचाउँने क्रममा घाइते भएका हुन् । घाइते श्रेष्ठले आफ्ना बुबालाई आगो लागेको ठाँउबाट बाहिर निकाल्न नसकेको बताएको प्रहरीले जनाएको छ । घरभित्र जान नसिएकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका दमकल तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आज बिहान मात्र आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट रञ्जीतको घरका दुई वटा सिलिन्डर विस्फोट भएपछि नजिकैको अष्टनारायण महर्जन र सरोज शाक्यको घरमा समेत क्षति पुगेको छ । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


