बचतकर्तालाई वैधानिक लुटेराले उठिबास लगायो ,,सरकारलाई वास्तै छैन

महिनौ दिन बढी हुन लागी सक्यो काठमाडौंको माईतिघर मण्डला शहकारी पिडितको बासस्थान बनेको । आफुले बचत गरेको रकम केहि गरि फिर्ता आउँछ कि भन्ने आशा राखि बर्खाको झरिको प्रवाह नगरि अहिले पिडित आन्दोलन गरिरहेका छन् । उनिहरुले आफनो बचत फिर्ता गर्नु पर्ने र ती ठग सञ्चालकलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने भन्दै नारा लगाइरहेका छन् । सहकारी आम समुदाय र सर्वसाधारणसँग जोडिएको क्षेत्र हो । सामान्य भन्दा सामान्य मान्छेको पहुँचमा भएकाले पनि सहकारीमा आम मान्छेको शेयर लगानी, बचत र ऋण हुन्छ । तर पछिल्लो समय सहकारीका सञ्चालक बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेर सम्पर्कविहीन भएका छन् । अनि भविष्यमा भईपरि आउँदा काम लाग्ला भनेर दिनरात नभनी कमाएको पैसाको केहि भाग बचत गरेका बचतकर्ता शहकारीले नै लुटेपछि घर न घाटको अवस्थामा आएका छन ।
पहिला यति ब्याज दिन्छु उति ब्याज दिन्छु भन्दै बचत गर्न लगायर अहिले भागेको पिडितको आरोप छ । बचत फिर्ता माग्न जाँदा यति छ महिना पछि दिन्छु भन्दै समय थप्दै अन्तमा भागेका पिडितको. दुखेसो छ । सरकारले पनि यस विषयमा कुनै वास्ता नगरेको उनिहरुको भनाई छ । सम्बन्धित निकायमा जाँदा पनि कसैले वास्ता नगरेको पिडितको गुनासो छ ।
यहाँ यसरी आन्दोलरत सबै पिडितको व्यथा एउटै छ , तर महिनौं दिनसम्म यसरी हारगुुहार गर्दा पनि सम्बन्धित निकायको ध्यान नजाँदा पिडितको मन झन कुडिएको छ । सरकारले चाहेको खण्डमा जस्तासुकै अपराधिलाई समात्न सक्ने भन्दै यही काठमाडौंमा लुकेका ठगलाई चाँहि खोज्ने प्रयास नै नगर्दा उनिहरुलाई पिडामाथि अझ पिडा थपिएको छ ।

भिडियोका लागी तलको लिंकमा क्लिक गर्नुहोस् ………………..

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com