प्रदिप पौडेल ५ मतले पराजित, फर्जि मत भेटिएकाले पुनः मतदान गर्न माग

२४ मंसिर । तनहूँ क्षेत्र २ प्रदेश सभा (क) बाट उम्मेदवार बनेका प्रदिप पौडेल ५ मतले पछि पराजित भएपछि पुनः मतदानको माग गरेका छन् । उनले पाँच मतले पछि परेको अवस्थामा ४२ मत फर्जी भेटिएको भन्दै पुनः मतदानको माग गरेका हुन् ।

प्रदेश सभामा वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालाले ५ मतले पराजित गरेको चर्चा सार्वजनिक भएपछि उम्मेदवार पौडेलले त्यो आफूहरुलाई स्वीकार्य नहुने भन्दै पुनः मतदानको माग गरेका हुन्। पछिल्लो मतपेटिकामा २ हजार ३२८ मत भनिएको थियो। पछि गणना गर्दा २ हजार ३७० मत भेटिएको छ । उम्मेदवार पौडेलले निर्वाचन कार्यालयमा पुनः मतदानको माग गर्दै लिखित निवेदन दिएका छन्।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com