२४ मंसिर । प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पराजित भएकी छिन् । कैलालीको क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी राणा नेकपा एमालेका नारदमुनि राना सँग पराजित भएकी हुन् ।
रानाले २७ हजार २०२ मत पाएका छन् भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् ।
तेस्रो स्थानमा राजपाका लक्ष्मण थारु छन् । टीकापुर काण्डका अभियुक्त समेत रहेका उनले जेलबाटै उम्मेदवारी दिएका हुन् र ६ हजार ४६४ मत पाएका छन् ।

English
MTV NEPAL MTVNEPAL


