शुक्रबार, २१ पुष, २०७४ मा प्रकाशित,
वासिंटन, पुस २१ । अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने घोषणा गरेको छ ।
अमेरिकी विदेश विभागका अनुसार पाकिस्तान आतंकवाद अन्त्य गर्न असफल भएकाले यस्तो घोषणा गरिएको हो । पाकिस्तानले हक्कानी नेटवर्क र अफगान तालिबानविरुद्ध कारवाही नगर्दासम्म सैन्य सहयोग निलम्बित गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
यसै हप्तामात्र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानले झूठो बोलिरहेको र आतंकवादीलाई आश्रय दिइरहेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
अमेरिकाबाट अरबौं डलर लिएर पाकिस्तानले आतंकवादीलाई पालिरहेको गम्भीर आरोप ट्रम्पले लगाएका थिए । अमेरिकी विदेश विभागले २५५ मिलियन डलरको सहयोग रोक्ने निर्णय पनि गरेको थियो ।

English
MTV NEPAL MTVNEPAL


