२३ पुस, काठमाडौं । लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । पश्चिमी वायुको प्रभावसँगै जम्मु कास्मिर हुँदै हिमालमाथिबाट हावा आएकाले काठमाडौंलगायत देशभर चिसो बढेको छ । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ । यो जुम्लापछिको कम तापक्रम हो ।
तापक्रम घटेसँगै काठमाडौंमा निकै चिसो महसुस भएको छ । यसअघि पुस २० गते यहाँको तापक्रम १.५ डिग्री सेल्सियस मापन भएको थियो ।
उत्तर–पश्चिम वायु चलिरहेकाले अबको २–३ दिन काठमाडौंको न्यूनतम तापक्रम शून्यकै वरिपरि रहने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, २०३४ साल पुस २७ गते अहिलेसम्म कै कम माइनस ३ दशमलव ५ डिग्री मापन गरिएको थियो ।
जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव २, जोमसोमको माइनस ४ दशमलव ७ र जिरीको माइनस् ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


