अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिर परिसर पुगेको छ । मन्दिरको को जलहरीमा राखिएको सुनको तौल लिन टोली त्यहाँ पुगेको हो ।
जलहरीमा तोकिएको परिमाणभन्दा कम सुन राखिएको र गुणस्तर पनि कम भएको विषयमा अनुसन्धान गर्न शुरु गरिएको छ । । अख्तियारको टोलीले सुनको विषयमा अनुसन्धान गर्ने भएपछि मन्दिर परिसर पुरै खाली गराइएको छ । मन्दिर परिसरमा अहिले सञ्चारकर्मी, सुरक्षाकर्मी र कार्यालय सम्बन्ध व्यक्तिबाहेकलाई प्रवेश दिइएको छैन ।
अख्तियारसँगै सुनचाँदी व्यवसायी सङ्घका पदाधिकारी एवम् विज्ञका साथै खानी तथा भूगर्भ विभागका अधिकारी र पशुपति विकास कोषका पदाधिकारीलाई समेत राखेर सुनको जलहरी तौलने र गुणस्तरसमेत जाँच्ने कार्यक्रम रहेको छ ।

English
MTV NEPAL MTVNEPAL


