नेपालमा फर्मासिस्ट पनि नक्कली : दर्ता एउटाको नाममा फर्मासिस्ट अर्कै ,,Expire औषधिको व्यापार गर्ने गिरोह छुट्टैै

डाक्टरलाई जिँउदो भगवानको दर्जा दिईन्छ , यसहिसाबले हाम्रा लागि फर्मासिस्ट पनि भगवान नै हुन् । किनकी डाक्टरले उपचार राम्रै गरे पनि केहिगरि हामीले गलत औषधिको प्रयोग ग¥यौ भने हाम्रो ज्यानै जान सक्छ । तर पछिल्लो समय हाम्रो देशमा डाक्टर नै नक्कली भेटिन थालेका छन् । त्यति मात्र कहाँ होर अब त फर्मासिस्टहरु पनि नक्कली भेटिन थालेका छन् । स्वयंम औषधि व्यवसायी अर्थात फर्मासिस्टहरुले नै सयौं नक्कली फर्मासिस्टहरु रहेको बताएका छन् । सिनामंगलको भत्केकोपुल नजिकै सञ्चालित एक फामेर्सिका फर्मासिस्ट भुपेन्द्र भट्टराईले भने “अरु त कुरै छोडदिनुस् न काठमाडौंभित्र सञ्चालित फामेर्सिकै कुरा गरौं । काठमाडौंमा हजारौं फामेर्सि होलान् त्यस्ता कयौं फार्मेसिहरु त बिना दर्ता नै चलिरहेका छन् । CMA, A.N.M जस्ता १५ महिने कोर्ष पढेकाले नै फार्मेसि चलाईरहेका छन् ।

औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ मा नै ‘औषधि चिकित्सकको प्रेशक्रिप्सन बमोजिम बिक्रि वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी आफैले गर्नु पर्नेछ र फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी बाहेक अरुले त्यस्तो औषधि बिक्रि वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायीको उपस्थिति अनिवार्य हुनेछ।’ भनेर उल्लेख गरिएको छ ।

तर यहाँ त मुख्य फर्मासिस्ट नै नक्कली छन् । एक फर्मासिस्टले भने “यहाँ त यस्तोसम्म छ कि एउटाको नाममा लाईसेन्स छ । सञ्चालक अर्को छ । सरकारी अनुगमन टोली आयो भनेपनि १ घण्टाको समय दिन्छ । एक घण्टाको समयमा त लाईसेन्स नाममा भाको मान्छे पनि एकछिन देखिनका लागि भएपनि आईहाल्छ । यसरी कहाँ हुन्छ ? जसको नाममा दर्ता छ स्वयंम उहि मान्छेले मात्रै सञ्चालन गर्न पाउनुपर्ने होईन ?” सरकारले पनि ठाउँका ठाउँ त्यस्ता सञ्चालकलाई कारबाही गर्नुपर्ने उहाँको माग छ ।

काठमाडौंको शम्भुमार्गमा विगत लामोसमय देखि फार्मेसि सञ्चालन गर्दै आईरहेका भुवन भट्टले त्यस्तो Date Expire भएको औषधिहरु Dispose गर्ने गरेको भएपनि केहि फिर्ता जाने बताउनुभयो । शम्भुमार्गमै फामेर्सि चलाउँदै आएका शिव कुमार पण्डितले पनि Expire औषधि फिर्ता पठाउने गरेको जानकारी दिनुभयो । फर्मासिस्ट भट्टराईले भने थोरै मात्रै औषधि फिर्ता गर्न नमिल्ने हुने नभए प्रायः औषधि फिर्ता हुने बताउनुभयो ।“कुनै कुनै औषधि मात्रै फिर्ता हुँदैन नभए प्रायः सबै औषधि Distributorsले फिर्ता लान्छन् ।”

ल अब एकचोटी गहिरिएर सोचौं Distributors भन्या को हो ? माफिया ? सरकारी माफियाको सहायताबिना प्राईभेट माफियाको त यत्रो आँट आउँदैन । नभए Expire औषधि किन फिर्ता लगिन्छ ? स्प्रिडले पुरानो Date मेटाउने अनि नयाँ Date राखेर फोरि बजारमा पु¥याउन होईन ?

स्वयंम फार्मेसिवालाले नै औषधि व्यवसायमा ठुलै माफिया रहेको हामीलाई बताएका छन् । त्यतिमात्रै होईन Expire औषधि त वास्तमा Dispose नै गर्नुपर्ने उनिहरु बताउँछन् । त्यसोभए आखिर किन फिर्ता लगिन्छ त ?

जहाँसम्म यो प्रेस्किप्सनको कुरा छ । Unclear प्रेस्किप्सनका कारण बिरामीलाई औषधि दिन अलि समस्या हुने गरेको फर्मासिस्टहरुले बताएका छन् । सबै डाक्टरको त होईन तर केहिको त अक्षर नै बुझ्न गाह्रो हुने फर्मासिस्ट शिव कुमार पण्डितले बताउनुभयो । त्यस्तो अवस्थामा के गर्नुहुन्छ त भन्दा Google को सहायता लिने गरेको पण्डितले बताउनुभयो तर अक्षर नै नबुझी कसरी Googleको सहायता लिने यो पनि सोचनिय विषय रहेको छ ।

औषधि व्यवस्था विभागले नै मंसिर १४ गते प्रेस्क्रिप्सन लागु गर्नुपर्नेबारे सुचना नै निकाल्यो तर त्यो अहिलेसम्म कार्यान्वयनमा आएको छैन । विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बजार अनुगमन गरिरहेको दाबी गर्छन तर फर्मासिस्ट भट्टराईले त्यो त नाम मात्रको अनुगमन भएको बताउनुहुन्छ । “ अनुगमन त्यहि मेन बाटोमा पर्ने, सजिलै गाडि पुग्ने ठाउँमा मात्रै होला त्यो पनि वर्षको १÷२ पटक मात्रै …मेरै साथीहरुको फार्मेसिमा ५/६ वर्ष भईसक्यो त्यस्तो अनुगमन कहिल्यै भएको छैन । अनि त्यस्तो अनुगमन पनि हुन्छ । भित्रभित्र कति फामेर्सिहरु होलान् सबै अनुगमन गर्नुपर्दैन ?”

ल अब भन्नुस् महानिर्देशक ज्यु तपाईंले गरेको अनुगमन यहि हो ? त्यति मात्रै होईन कतिपय फामेर्सिले त म्याद गुज्रिएको औषधि समेत बेच्ने गरको पाईन्छ । औषधि जस्तो कुरामा यतिसम्मको खेलबाड गर्न पाईन्छ ?

गलत औषधिको प्रयोगले बिरामीको ज्यान समेत गएको कयौं घटना बाहिरिसकेका छन् तर सरकारले यसमा अहिलेसम्म कुनैपनि ठोस कदम उठाएको छैन । स्वास्थ्य जस्तो संवेदशिल क्षेत्रमा पनि सरकारको फोहोरी राजनिति उस्तै छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com