वैदेशिक रोजगार विभागसँग श्रम स्वीकृति लिएर कुवेत हिँडेका श्रमिकलाई विमानस्थलबाटै फर्काएको भन्दै चौतर्फी विरोध भइरहेको छ । यसैबिचमा अध्यागमन विभाग महानिर्देशक झलकराम अधिकारीले भ्रमणको उद्देश्य खुल्ने कागजात बोके अध्यागमनले कसैलाई नफर्काउँने बताएका छन् । उनले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकले तोकिएका कागजात साथमा लिएर आउने श्रमिकलाई विमानस्थलबाटै फर्काउन पर्ने कुनै मनसाय नरहेको बताए । फर्काएकाहरुको कागजात अलि अस्पष्ट रहेको भन्दै स्पष्ट कागजात ल्याउन भनेर भनिएको उनले प्रतिक्रिया दिएका छन् ।
महानिर्देशको यस्तो प्रतिक्रियाले सरकारका दुई संयन्त्रबिचको कामकारबाही माथि नै प्रश्न खडा भएको छ । सरकारी दुई निकायबिचको समन्वय त्यति नरहेको प्रष्टै देखिएको छ । विदेश जाँदा हरकोहिले वैदेशिक रोजगार विभागबाट श्रमस्विकृति लिएर जान्छन् तर वेदेशिक रोजगार विभागले दिएको स्विकृति माथि नै अध्यागमन विभागले प्रश्न उठाएको छ । यि दुई सरकारी संयन्त्रका कारण फेरि वैदेशिक रोजगारमा जाने नेपालीले सास्ती व्यर्होनु पर्ने देखिएको छ ।
पछिल्लो समय विभागसँग श्रम स्वीकृति लिएर कुवेत र जोर्डन देश जान लागेको झण्डै १६० जनालाई कागजात शङ्कास्पद भएको भन्दै अध्यागमनले विमानस्थलबाटै फर्काएपछि यसको चर्को आलोचना शुरु भएको हो । म्यानपावर व्यवसायीहरूले विभागका महानिर्देशकले राजीनामा दिनु पर्ने भन्दै विभिन्न खालका विरोधका कार्यक्रम गरिरहेका छन् । श्रम स्वीकृति लिई, सबै कानुनी प्रक्रिया पूरा गरेर जान लागेका श्रमिकलाई विमानस्थलबाट फर्काएर अध्यागमनले मनपरी गर्न खोजेको व्यवसायीहरूको आरोप छ । अध्यागमनले आफ्नो कार्य मातहत बाहिरको काम गरेको भन्दै उनीहरू आक्रोशित छन् ।।

English
MTV NEPAL MTVNEPAL


