जल तथा मौशम पुवौनुमान शाखाले आज कोशी प्रदेश सहित अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । देशका बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकाले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम हुनेभएकोले क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखासरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही मधेश प्रदेशका एक–दुई स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने मौसम पुर्वानुमान शाखाले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


