गएको शनिबारदेखि पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण भन्दा बाहिर गएको छ । दक्षिणी शहर ओडेमिरा नजिकको जङ्गलमा डढेलो फैलिएपछि नजिकैको बस्तीमा जोखिम बढेको छ । त्यहाँका एक हजार ४ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । डढेलो नियन्त्रणका लागि ८ सय भन्दा धेरै अग्नी नियन्त्रकसहित हेलिकप्टर परिचालन गरिएको छ । उक्त डढेलो निभाउन खटिएका नौ जना अग्नी नियन्त्रक घाइते भएका छन् । उच्च तापक्रमका कारण डढेलो फैलिनेक्रम रोकिएको छैन भने ६ हजार ७ सय हेक्टर जङ्गल नष्ट भएको छ ।।
