चर्चित कोरियोग्राफर शुशान्त खत्री किन आत्महत्या गर्न खोज्दैछन् ?भन्छन् : म डिप्रेशनमा छु

चर्चित डान्सर तथा कोरियोग्राफर शुशान्त खत्रीले आफु डिप्रेशनको अन्तिम चरणमा रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएका हुन् । उनले फेसबुकमा लाईभ आउँदै आफुले अहिले डिप्रेशनको औषधि खाईरहेको पनि बताएका छन् । त्यति मात्र होईन अब आफुलाई बाँच्न मन पनि नभएको भन्दै अब एउटा आर्टिस्ट त गुमाउनुभयो अब मलाई पनि गुमाउनुहुन्छ तपाईहरुले भन्दै भावुक भएका छन् । उनले आफु अहिले ईन्डियामा रहेको बताउदै यस्तो भने “म अहिले इन्डियामा छु अर्काको देशमा मर्न मन लाग्दैन म आफ्नै देश आयर मर्नेछु खुशि खुशि । ” दुई दिन अघि मात्र नायक शाहरुख ताम्राकार रातोपुल स्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएका थिए । उनको हिजो शनिबार मात्रै अन्त्येष्टि गरिएका थियो । यतिकैमा डान्सर तथा कोरियोग्राफर शुशान्तको यस्तो भिडियो सार्वजनिक भएपछि सबैलाई भावुक बनाएको छ । उनका शुभचिन्तक तथा फ्यानहरले जति नै समस्या आएपनि त्यस्तो गलत निर्णय नलिन सुझाव दिईरहेको छ । शुशान्तले भारतको चर्चित रियालिटी सो ३म्बलअभएगिकद्ध, मा द्दण्ज्ञट मा भाग लिइ टप द्ध मा पुग्न सफल भइ नेपाली को शिर उच्च बनाएका थिए । विभिन्न डान्स रियालिटि सो हरुमा उनले अहिले कोरियोग्राफरको रुपमा काम गरिरहेका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com