सोमबार बिहान कपिलाकोटमा भएको दुर्घटनामा घाइते भएका जन्तीलाई बोकेर उपचार गर्न काठमाडौं हिँडेको बोलेरो सोलाभञ्ज्याङ नजिकै फेरी दुर्घटना भएको छ ।
दुर्घटनामा परि १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये मरिण गाँउपालिका–३ निवासी बेहुलाका बुवा वीरमान माझी र आमा रीता माझीसहित कृपा भण्डारी, दमिनी माझी गम्भीर घाइते भएका छन् । चारै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
बाँकि ११ जनाको सिन्धुली अस्पतालमा उपचार भैरहेको छ । गम्भीर घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।
घाइते सबै मरिण गाँउपालिका –३, निवासी रहेका छन् । बेहुला इन्द्र माझी भने बिहानकै कपिलाकोट दुर्घटनामा परे पनि सकुशल छन् । कपिलाकोट दुर्घटनाका १७ जना घाइतेमध्ये १५ जना बिरामी बोकेर काठमाडौं गएको बोलेरो अनियन्त्रित भएर सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले बताएको छ ।
बा ३ ख ४८५७ नम्बरको बस दुर्घटना हुँदा १७ जना घाइते भएका थिए । घाइते जन्तीलाई उपचार गर्न काठमाडौं लिएर हिँडेको बा १४ च १५३८ नम्बरको डबल क्याप बोलेरो सोलाभञ्ज्याङ नजिकै बिहान ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बेहुलाका बुवा र आमा दुवै गम्भीर घाइते भई काठमाडौं पठाएकाले अब बिहे नै अन्योलमा परेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘बिहान १ बजे राति बेहुला अन्माएर बेहुली लिन सुनसरी हिँडेका थियौ । बीचमा नै यस्तो सोच्दै नसोचेको अकल्पनीय घटना भोग्नु र्पयो ।’

English
MTV NEPAL MTVNEPAL


