गैरकानुनी प्रशारण रोक्न सरकारलाई अध्यक्ष शर्माको चुनौति,, राज्यबाट अर्बौ रुपैयाँ बाहिरिएको खुलासा

अनावश्यक विदेशि प्याटफर्मलाई छाडा छोड्ने हो भने आफुलाई मात्रै कानुनले बाध्न नहुने केवल टिभि अशोसिएसनका अध्यक्ष धुर्ब शर्माले बताए । सरकारले गरेका राम्रा कामलाई संधै समर्थन गरेको भन्दै नेपाली लिगल माध्यमलाई निति नियममा बाध्ने नेपाल सरकारले ओटीटी ,आईपीटिभि जस्ता अन्य विदेशि प्याटफर्मलाई पनि नियममा ल्याउन चुनौति दिएका छन् ।
सरकारको कमजोरीका कारण आज राज्य कोषबाट अर्बौ रुपैयाँ अनाधिकृत रुपमा बाहिर गइरहेको भन्दै यसबारेमा सरकार चनाखो हुनुपर्ने उनले बताए । साईन्टिफिक तवरले अध्ययन गरि राज्यले सञ्चार निति ल्याउनुपर्ने उनको धाराणा छ ।
केबल टिभिहरुले राष्ट्रिय प्रशारण मात्रै गरिरहेको भन्दै उनि भन्छन् “ OTT,IPTV,VOD जस्ता विभिन्न माध्यमबाट गैरकानुनी रुपमा भइरेहेको निर्वाध प्रशारणलाई दाएरामा ल्याउन नसक्दा अहिले टेलिभिजन क्षेत्र धरापमा परेको छ । ” राज्यले करोडौं रकम असुलिसकेपछि व्यवसायिको पनि मर्का पनि बुझ्नु पर्छ । ”
सम्बन्धित क्षेत्रको ज्ञानै नभएका व्यक्ति उच्च पदमा बस्ने परिपाटिले पनि यस्ता यावद उल्झन आउने गरेका छन् उनि भन्छन्“एउटा मन्त्रिको कार्यकालमा निति, नियम ,समस्या र तीनका समाधानबारे कुरा ग¥यो , सम्झायो बुझायो कार्यान्वयन गर्नुपर्ने समयमा फेरि अर्को मन्त्रि फेरिसक्छन् । सम्बन्धित कर्मचारीको सरुवा समस्या उस्तै त्यसैले पनि अहिले धेरै समस्याहरु उब्जिएका छन् ।” अहिलेकी सञ्चार तथा सुचना प्रवृधि मन्त्रि रेखा शर्मा झन् आफ्नो भुमिकाबारे नै अनविज्ञ रहेको भन्दै अध्यक्ष शर्माले सञ्चार मात्रै होईन कुनैपनि मन्त्रालयका उच्च तहका व्यक्तिमा आफ्नो क्षेत्रबारे ज्ञान नहुनु दुखद रहेको बताए ।
यसैबिच केवल टिभि अशोसिएसनका अध्यक्ष धुर्ब शर्माले सरकारले अहिले ल्याएको आलाकार्ट प्रणालीको स्वागत गरेका छन् । उनले थपे “कमसेकम टेलिभिजनको मुल्य त निर्धारण भयो , ढिलै भएपनि सरकारले यो राम्रो निर्णय गरेको हो । ” नियममा आउने नचाहाने विदेशि च्यानललाई पुर्ण रुपमा बन्द गर्न उनले सरकारलाई सुझाव समेत दिएका छन् ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com