आज दिउँसो सवा ३ बजे श्रीलङ्कामा एसिया क्रिकेट कप अन्र्तगत नेपाल र भारतबिचको खेल हुँदैछ । जसलाई ऐतिहासिक खेलको रुपमा लिइएको छ । किनकी क्रिकेटमा विश्वमै चर्चित भारतिय टिमसंग नेपालको यो पहिलो खेल हो । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउने छ । त्यसैले पनि नेपाल र नेपाली क्रिकेट पे्रमीहरुका लागी यो खेल विशेष छ ।
नेपाली टिमको हौसलाका लागी रास्वपा सभापति रवि लामिछाने यसअघि नै श्रिलंका पुगिसकेका छन् भने काठमाडौं महानगरपालीका मेयर बालेन शाह पनि हिजो साँझको फ्लाईटमा त्यहाँ प्रस्थान भईसके । अन्य केहि क्रिकेट प्रेमिहरु पनि त्यहाँ पुगेका छन् ।
यता नेपालमा भने टेलिभिजन तथा विभिन्न माध्यमबाट आजको खेल हेर्नका लागी दर्शक आतुर छन् ।
नेपाल र भारतबीचको खेल हेर्न कै लागी जनकपुरधाम भित्रका विद्यालयमा त दिउँसो २ बजेदेखि बिदा समेत दिइएको छ । नेपाल र पाकिस्तानबीच भएको खेल हेर्न पनि विदा दिएको जनकपुरधाम उपमहानगरपालिकाले सूचना निकालेर दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ ।।

English
MTV NEPAL MTVNEPAL


