काठमाडौं सिनामंगलमा बस्दै आएकि सिता खड्का अलि दिन बिराएर तरकारी किन्न सिनामंगलमै अवस्थित तरकारी बजारमा गईन । खुद्रा पसलमा भन्दा त्यहाँ सस्तो पाउने भएकाले उनि त्यहाँ गएकी हुन् तर त्यहाँ गएर तरकारीको मुल्य सुनेपछि उनि छक्क परिन् । केहि दिन अघि मात्रै २० रुपैंया केजीमा फालाफाल भएको गोलभेडाको मुल्य सुनेर उनि आश्चर्यमै परिन । केजीको १७० रुपैंया । सामान्य काम गरेर आफ्नो गुजारा चलाउदै आएकी उनलाई तरकारीको मुल्यले झन पिरलो थप्यो । अब त तरकारी नै किन्न नसकिने भयो । यी त प्रतिनिधि उपभोक्ता मात्र हुन् अहिले सम्पुर्ण उपभोक्ताको अवस्था उस्तै छ ।
अहिले बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य ह्वात्तै बढ्न थालेको छ । मँहगीले उपभोक्ता मारमा परेका छन् । चामल किन्न गयो २३०० घटि आउँदैन । २० किलो प्रतिबोरा चामलको भाउ तीन सय रुपैयाँसम्म बढेको छ । अन्य वस्तुको मुल्य त्यस्तै ……बजारमा खाद्यान्नसंगै तरकारीको मुल्य अचाक्लि बढेको छ । गएको असार ३ गते किलोको पाँच रुपैयाँ पनि भाउ नपाएको भन्दै किसानले काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेडा फालेर विरोध गरेका थिए ।
पसलमा पनि १५÷२० रुपैंया केजीमा पाईन्थ्यो । अहिले बजारमा प्रतीकेजी १६० देखि १८० सम्म तिर्न बाध्य छन् उपभोक्ता । नेपालकै सबैभन्दा ठुलो मानिने कालीमाठी फलफुल तथा तरकारी बजार विकास समितको तथ्यांकै हेर्ने हो भने पनि अहिले गोलभेडाको न्यनतम मुल्य प्रतिकेजी १६० रुपैंया तोकिएको छ । काउली ,गाजर लगाएतका अन्य तरकारीको मुल्य पनि उस्तै महँगो भएको छ । सबैभन्दा ठुलो तरकारी बजारमा त्यति मुल्य तोकिदा अन्य खुद्रा साना तरकारी पसलमा झन् मनपरि मुल्य गरेर बेच्ने गरेका छन् व्यवसायीले । उपभोक्ताले खुद्रा पसलमा किन्दा यो भाउको दोब्बर तेब्बर महँगो पर्छ ।
खेतबारीमै किलोको ७५ देखि ८० रुपैयाँसम्म पाएपछि किसान भने खुशी भएपनि उपभोक्ता महँगीको मारमा परेका छन् ।
यता माग अनुसारको उत्पादन नहुँदा गोलभेडाको भाउ दिनहुँ बढ्दै गएको र भारतिय आयात पनि प्रतिबन्ध भएको बिभिन्न बाहाना बनाउँदै व्यापारीले आयात गरिसकेको वस्तुको समेत मूल्य बढाएका छन् । यस विषयमा बुझ्न हामीले कालमाटि फलफुल तथा तरकारी बजार समितिसंग कुराकानी गर्ने प्रयास ग¥यौं तर विभिन्न बहाना बनाएर उहाँहरु सम्पर्कमा आउनै चाहानुभएन ।
अत्याधिक मुल्य बृद्धिले उपभोक्ता मारमा परिरहेको बेला सरकार चाही के हेरेर बसेको छ ? मूल्यवृद्धि नियन्त्रण गर्नु पर्दैन ?

English
MTV NEPAL MTVNEPAL


