एकताले मात्र सफलता हासिल गर्न सकिन्छ : सभापति देउवा

काठमाडाैंः  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताउनुभएको छ ।

दाङको तुलसीपुरस्थित बिपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको आज शालीक अनावरण गर्दै उहाँले भन्नुभयो, “एकताबद्ध भएर लागेमात्र सफलता हासिल गर्न सकिन्छ, यही अभियानमा सम्पूर्ण कार्यकर्ता लाग्नुहोस् ।”

उहाँले पार्टीलाई बलियो बनाउन सबैले एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिजो कसले के कमजोरी ग¥यो त्यसको पनि लेखाजोखा हँुदै गर्ला ।” उहाँले निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही हुने प्रष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले एकताको शुरुआत दाङबाटै गर्न पनि कार्यकर्तालाई आग्रह गर्नुभयो । “यहाँ अब प्रदेश सदस्यको उपनिर्वाचन हुँदैछ, यो काङ्ग्रेसका लागि चुनौतीको विषय हो, यसमा पहिले जस्तो घातअन्र्तघात हुने छैन”, उहाँले भन्नुभयो । उहाँले बाँकेका सभापतिमाथि भएको दुव्र्यवहारको विरोध गर्दै दोषीमाथि कारवाही नगरे संसद ठप्प पार्ने चेतावनी दिनुभयो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com