Mandatory Credit: Photo by Andrew Harnik/AP/REX/Shutterstock (9447254j) President Donald Trump arrives at Palm Beach International Airport in West Palm Beach, Fla Trump, West Palm Beach, USA - 02 Mar 2018

इरान लाई प्रतिबन्ध गर्नुपर्ने; राष्ट्रपति ट्रम्प

न्युयोर्क स् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले विश्वव्यापीकरणको विचारधारा अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको बताएका छन्।
संयुक्त राष्ट्रसंघको न्युयोर्क मुख्यालयमा आयोजित ७३औं महासभामा मंगलबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले हरेक मुलुकले आफ्नो देशलाई पहिलो बनाउने गरी काम गर्न आग्रह गरे। राष्ट्रपति ट्रम्पले विश्वले इरानको आणविक कार्यक्रमलाई असफल बनाउने गरी लगाइएको आर्थिक प्रतिबन्धलाई कार्यान्वयनमा ल्याउन मद्दत गर्नुपर्ने खाँचो औंल्याए।उनले यमन र सिरियामा रक्तपातपूर्ण युद्ध फैलाउन इरानले लगानी गरिरहेको आरोप लगाउँदै यस्ता घृणित कार्य रोक्नका लागि इरानमाथि आर्थिक दबाब सिर्जना गर्नुको विकल्प नरहेको दाबी गरे। उत्तर कोरियासँग आणविक निःशस्त्रीकरणका बारेमा वार्ताहरू अघि बढेको र चाँडै अर्को शिखर बैठक आयोजना हुने उनले जानकारी दिए।ट्रम्पले निःशस्त्रीकरणका कार्य पूरा भएपछि आर्थिक प्रतिबन्ध फुकुवा हुने स्पष्ट पारे। उनले उत्तर कोरियासँगको सम्बन्ध सामान्यीकरण गर्न दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र जापानका प्रधानमन्त्री सिन्जो आबेले गरेको मध्यस्थताका लागि धन्यवाद पनि दिए।राष्ट्रपति ट्रम्पले कुनै समय दक्षिण अमेरिकाकै धनी राष्ट्र भेनेजुएलाको अव्यवस्था र गलत राजनीतिक प्रणालीका कारण मुलुक लगभग टाट पल्टिएको चर्चा गर्दै अहिले त्यहाँबाट २० लाखभन्दा बढी मानिस अन्य देशमा पलायन हुन बाध्य भएको पनि दाबी गरे।उनले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोको सरकारमाथि थप प्रतिबन्ध लगाउने जानकारी दिए। अमेरिकाले प्रत्येक वर्ष विभिन्न मुलुकका लागि उपलब्ध गराउँदै आएको आर्थिक सहायताको समीक्षा गर्नुपर्ने समय आएको चर्चा गर्दै अमेरिकी सहयोग अमेरिकाकै हितमा समेत नभएकोमा दुःख व्यक्त गरे।राष्ट्रपति ट्रम्पले भने, ‘विगतका असमान व्यापार सम्झौता हामीलाई स्वीकार्य छैन। अमेरिकामा सामान थुपार्ने, आफ्ना सामानमा अनुदान दिने, अमेरिकी उद्योगमाथि लक्षित गर्ने तथा आफ्नो देशको मुद्रालाई तोडमोड गर्ने कार्य अब सह्य हुँदैन।’ उनले राष्ट्रसंघको कार्यशैलीमाथि समेत प्रश्न गर्दै अमेरिकी हित विपरीत रहेका कारण राष्ट्रसंघीय मानवअधिकार आयोगबाट अमेरिका बाहिरिएको बताए।ट्रम्पले भने, ‘अमेरिकाका सन्दर्भमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० को कुनैपनि क्षेत्राधिकार, वैधानिकता र अख्तियारी छैन।’ राष्ट्रसंघीय मानवअधिकार आयोग र आईसीसीले अमेरिका र इजरायलका विरुद्ध काम गर्न थालेको उनको बुझाइ छ। ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकालमा अमेरिकाले अभूतपूर्व प्रगति गरेको, रोजगारी बढेको, व्यापार घाटामा कमी आएको, विदेशिएका कलकारखाना स्वदेश फर्किन थालेको भनाइ राखेर सम्बोधन शुरु गरेका थिए। अमेरिका र अमेरिकी सामथ्र्यलाई केन्द्रमा राखेर गरिएको ट्रम्पको सम्बोधनप्रति पक्ष र विपक्षमा बहस शुरु भएको छ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com