आइतबार, २३ पुष, २०७४ मा प्रकाशित,
काठमाडौं, पुस २३ । इरानमा सरकार विरोधी प्रदर्शनमा सहभागी भएका १ हजारभन्दा बढी विद्यार्थी पक्राउ परेका छन्।
९० भन्दा बढी विश्वविद्यालयका विद्यार्थी सरकार विरोधी प्रदर्शनमा सहभागी भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ठाउँठाउँमा आगजनीसमेत गरेका थिए ।
इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म कम्तिमा २१ जनाको मृत्यु भइसकेको छ ।
मूल्यवृद्धि र भ्रष्टाचारको विरोधमा शुरु भएको प्रदर्शन चर्किंदै गएको छ । तेहेरान प्रान्तमा करिब ४ सय ५० जना पक्राउ परेका छन् ।

English
MTV NEPAL MTVNEPAL


