२० मंसिर । सुनसरीको धरान–१५ स्थित चुम्लुङ चौकमा एक श्रीमानले श्रीमतीसँग झगडा भएपछि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । घरायसी विवादका कारण झगडा भएपछि अत्याधिक रिसका कारण राती पौने ११ बजे ४८ वर्षीय श्रीमान अनिल शेर्पाले श्रीमती ४० वर्षीया माया शेर्पालाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट मायाको दाहिने गालामा चोट लागेको छ । उनको धरानस्थित घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने शेर्पालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

English
MTV NEPAL MTVNEPAL


