प्रधानमन्त्री ओलीलाई विश्वासको पक्षमा तीन चौथाइ मत

प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत लिएका छन् । प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ बढी मत प्राप्त भएको छ। प्रधानमन्त्री नियुक्त भएको झन्डै एक महिनापछि ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन्। ०१५ सालमा बीपी नेतृत्वको कांग्रेस सरकारपछि ५९ वर्षमा पहिलोपटक मुलुकले बलियो सरकार पाएको छ। ०६२÷६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहमतीय आधारमा प्रतिपक्षबिनाको प्रधानमन्त्री बनेका थिए। तर, चुनावी प्रतिस्पर्धापछिको पहिलो बलियो सरकारको नेतृत्व गर्ने मौका ओलीले पाएका छन्।

राष्ट्रपतिबाट मंसिर ३ मा नियुक्त ओलीले आइतबार संसद्मा विश्वासको मतका लागि प्रस्ताव गरेका थिए। संसद्मा मतविभाजन प्रक्रियाबाट गरिएको मतदानमा ओलीले ७५.६३ प्रतिशत मत पाएका हुन्। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ओलीका पक्षमा २ सय ८ मत परेको छ भने विपक्षमा जम्मा ६० मत परेको छ। सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए।

प्रमुख विपक्षी कांग्रेसले मात्रै ओलीको विपक्षमा मत हालेको थियो। नेमकिपाका प्रेम सुवाल भने तटस्थ बसे। वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्री नियुक्त ओलीलाई मधेसकेन्द्रित राजपा नेपाल र संघीय समाजवादी फोरमले पनि समर्थन गरेका थिए। एमालेका १ सय २१, माओवादी केन्द्रका ५२ (एक जना सभामुखले मतदान नगरेको), राजपा १६ (रेशम चौधरी शपथ बाँकी), संघीय समाजवादी फोरम १६, राप्रपाका राजेन्द्र लिङदेन, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र स्वतन्त्र सांसद छक्कबहादुर मल्लले ओलीका पक्षमा मतदान गरेका थिए। ६३ जना सांसद रहेको प्रमुख विपक्षी कांग्रेसकै तीन जना सांसद मतदानमा अनुपस्थित थिए। नयाँ शक्तिका डा.बाबुराम भट्टराई पनि विदेशमा रहेकाले मतदानमा अनुपस्थित रहे।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com