भैरबकुण्ड हाईड्रोको ३१ लाख कित्ता आईपिओ जारी गर्ने तयारी

-भैरबकुण्ड हाईड्रोपावर लिमिटेडले एक सय रुपैयाँ अंकित दरमा ३१ लाख ८३ हजार २८० कित्ता साधारण सेयर जारी गर्ने भएको छ । ६५ कराेड रूपैयाँ चुक्त्ता पूँजी रहेकाे भैरबकुण्ड हाईड्रोपावरले सर्वसाधारणमा सेयर जारी गर्ने तयारी स्वरुप १५ औं बार्षिक साधारण सभामा चुक्ता पूँजीको ४८ दशमलव ९७ प्रतिशत साधारण सेयर जारी गर्ने प्रस्ताव लैजान लागेको हो । कम्पनीले फागुन ९ गते विहान ११ बजे आफ्नै कार्यालय कमलपोखरीमा १५ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभाबाट प्रस्ताव पारित भएपछि सञ्चालक समितिले प्रकृया अगाडि बढाउनेछ । उक्त सभाले आर्थिक बर्ष २०७३/७४ को नाफा नोक्सान सहित बार्षिक प्रतिवदन पारित गर्नुका साथै लेखापरिक्षक नियुक्ति गर्ने प्रस्तावमाथि छलफल गरि निर्णय गर्नेछ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com