लक्ष्मण हुमागाईंले नेतृत्व सम्हालिसकेपछि विज्ञापन बोर्डले एकपछि अर्को सकारात्मक निर्णय गर्दै आईरहेको छ ।
यसैबिच विज्ञापन बोर्डले अब नेपालमा प्रशारण हुने कुनै पनि विज्ञापनमा विदेशि कलाकार वा व्यक्तिको फोटो प्रयोग नर्गन नपाईने निर्णय गरेको छ ।
बोर्डले सुचना जारी गर्दै होडिङ बोर्ड, सवारी साधन वा अन्य कुनै पनि माध्यममा प्रशारण÷प्रकाशित हुने विज्ञापन तथा अन्य प्रचार सामाग्रीमा स्वदेशी कलाकार वा व्यक्तिको फोटोमात्रै प्रयोग गर्न निर्देशन दिएको छ ।
विज्ञापन नियमावली (पहिलो संशोधन) २०८० को नियम ९ (क) को उपनियम (३) अनुसार विदेशी कलाकार वा व्यक्तिको फोटो प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ ।
बोर्डका अनुसार अब कुनैपनि विज्ञापनदाता, विज्ञापन एजेन्सी र सञ्चार माध्यमले त्यस्ता फोटोहरूको प्रयोग गर्न पाउने छैनन् भने यदि पहिल्यै गरिएको खण्डमा पनि त्यसलाई हटाएर नियमानुसार आफ्नै स्वदेशि कलाकार तथा व्यक्तिको फोटो राख्नु पर्नेछ ।
विज्ञापन बोर्डको यो निर्णयले केहि मात्रामा भएपनि सकारात्मकता फैलाएको छ । यो निर्णय शतप्रतिशत कार्यान्वयनमा आएको खण्डमा विज्ञापनदाता, विज्ञापन एजेन्सी र सञ्चार माध्यममा केहि हदसम्ममा दायरा तय हुनेभएको छ भने उनिहरुले गर्दै आएको मनपरि पनि नियन्त्रण हुनेछ । त्यस्तै देशमा एककिसिमले रोजगारी सृजना पनि हुनेछ । किनभने विज्ञापनमा हुने मनपरिका कारण नेपाली कलाकारहरु छाँयामा पर्दै आएका थिए । यता नेपालका कलाकारहरुले काम नपाईरहेको अवस्थामा दर्शकहरु भने मनपरेपनि नपरेपनि विज्ञापनमा विदेशि कलाकारहरु हेर्न बाध्य थिए ।
बोर्डको यो निर्णयले भने विज्ञापनमा पनि मिठास आउनेछ भने दर्शकहरुमा विज्ञापनप्रतिको आत्मियता पनि बढ्ने छ । किनकी विदेशि भन्दा स्वदेशि कलाकारहरुकोे प्रयोग गर्दा विज्ञापनको विश्वसनियता अझ बढ्ने छ । यसले विज्ञापनदातालाई पनि व्यपारिक रुपमा फाईदा पुग्नेछ । यस्तै नेपाली सञ्चारमाध्यमबिचको दर्शकको दुरी पनि केहि हदसम्म मेटिने छ ।।

English
MTV NEPAL MTVNEPAL


