नेपाल राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धि निति संशोधन गरेको छ । राष्ट्र बैंकले व्यापारी केन्द्रित चालु पुँजी कर्जा निति सशोंधन गरिरहँदा गरिब दुखी जनताले कर्जाको सुविधा पाएका छन् की छैनन भन्ने कुराको हेक्का राखेको छैन होला ?
चालु पुँजी कर्जा सम्बन्धी नीतिमा लचिलो बन्दै बैंकले ४० प्रतिशतसम्म चालु पुँजी कर्जा लिन सक्ने व्यवस्था गरेको जनाएको छ ।
यहाँ आम जनताले बैंकहरूबाट ऋण पाएका छैनन् । मिटरब्याजी कारोबार गर्न बाध्य छन् । मिटरब्याज ऋणले पिल्सियर आत्महत्याको बाटो रोज्न समेत विवश छन् जनता । जानीजानी आफै आफै ठगिन बाध्य छन् तर राज्यको निकाय र बैंक संचालक ठुलावडा व्यपारीलाई नै हेरेर बसेका छन् ।
यस भन्दा पहिला २५ प्रतिशत सम्म चालु कर्जा लिन सक्ने व्यवस्था रहेकोमा अब यसलाई बढाएर ४० प्रतिशत पु¥याईएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले टेलिफोन मार्फत जानकारी दिनुभयो ।
प्रवक्ताले शानका साथ यसो भनिरहँदा सम्भ्रान्त मानिसले मात्रै बैंकबाट ऋण पाउने अवस्थाको अन्त्य गरी गरिब दिनदुखीहरुले पनि आवश्यक कर्जा पाउने कानुन निर्माण कहिले होला ?
बैंकहरु केवल ठुलाबडालाई ऋण लिन समस्या भएको ,झण्झट भएकी भन्दै निति सच्याउनैमै व्यस्त छन् । कर्मचारीको तलब कसरी बढाउने भन्नेमै केन्द्रित छन् ।
ऋणको त कुरै छाडौ यहाँ आम जनताले निक्षेप पुंजी समेत पाउने अवस्था छैन । बैंकहरुको निति सशाेंधन ठुलाबडा र बैंकका कर्मचारी केन्द्रित आम जनता के आधारले खुशि हुनु ?

English
MTV NEPAL MTVNEPAL


