पछिल्लो समय पश्चिम पाल्पामा बाँदर आतंकले किसानहरुलाई वाक्कदिक्क लगाएको छ । लगाएका तरकारी फलफुल राम्रोसंग फल लाग्न नपाई बाँदरले बोटै तहसनहस गरेर खाईदिन्छन् । अब खेतबारीमा खेतिकिसानी गर्नै मुश्किल अवस्था बनेपछि अहिले त्यहाँ कृषकले अकबरे खेतीलाई प्रमुख विकल्पका रुपमा लिएका छन ।
अकबरेको माग नेपाली बजारमा मात्रै नभई विदेशमा समेत राम्रो माग छ । यसले राम्रै मुल्य पाएपछि छोटो समयमा धेरै आम्दानी गर्न सकिने र बाँदर आतंकबाट समेत मुक्ति पाईने भएपछि कृषक यसतर्फ आकर्षित भएका हुन् ।
अहिले पाल्पाको रिब्दीकोट गाउँपालिकाको ग्रामीण वडाका सबैजसो कृषकले अकबरे खुर्सानीको खेती गरेका छन् ।
वडाकै समन्वयमा प्राविधिक तालिमपछि खुर्सानी खेती सुरु गरिएको हो । त्यहाँको हावापानी खुर्सानीका लागि अनुकुल हुने भएकोले ८ वटै वडाहरुमा खुर्सानी खेती गरिएको बताईकएको छ ।
चैत्र महिनामा रोपिएको खुर्सानी अहिले बेच्न तयार भएको छ । मकै तथा अन्य अन्नवालीको उत्पादनभन्दा अकबरे खुर्सानीको खेतीबाट दोब्बर मूल्य पाउने भएपछि किसान हर्षित छन् । अन्य बाली, तरकारी फलफुल खेति गर्दा बाँदरले सताउने गरेपछि हैरान भएका किसान अकबरे खुर्सानी बाँदर पनि नखाने भएपछि ढुक्क छन् ।।

English
MTV NEPAL MTVNEPAL


