भन्सार ऐन, डब्लुटीओ , विश्व भन्सार संगठन र मूल्यअभिवृद्धि करको मर्म र भावनाविपरीत नै भन्सार विभागले पुनः डेटाबेस अद्यावधिक गरेको छ । ४ महिनापछि फेरि अद्यावधिक गरेको विभागले यसअघि २०७९ चैत महिनामा डेटबेस अपडेट गरेको थियो ।
विभागद्धारा डेटाबेसलाई २ भागमा प्रकाशित गरिएको छ । भारतबाट पैठारी भई आउने मालवस्तुको भन्सार मूल्य एउटा भागमा छ । त्यस्तै तेस्रो मुलुकबाट पैठारी भई आउने मालवस्तुको सूचना मूल्यसूची अर्को खण्डमा छ ।
विभागले गत साउन २८ र २९ गते सम्पन्न भन्सार व्यवस्थापन गोष्ठीको छलफल, आसिकुडाबाट प्राप्त तथ्यांक, अर्थ मन्त्रालयबाट प्राप्त नीतिगत निर्देशन, भन्सार कार्यालयहरूको सुझाव, गोष्ठीपूर्वको पूर्वतयारी छलफल र विभिन्न निकायको सिफारिससमेतका आधारमा सूचना मूल्यसूचीलाई अद्यावधिक गरेको बताएको छ ।
विभागका महानिर्देशक शोभाकान्त पौडेलले डाटाबेस अपडेट गरेको बताउनुभयो । उहाँका अनुसार अद्यावधिक गरिएको डाटाबेस आगामी शनिबारदेखि कार्यान्वयनमा ल्याइने छ ।।
पौडेलले कुनै पनि व्यापारिक मालवस्तुको भन्सार मूल्य डेटाबेसमा भएको भन्दा कम्ती घोषणा गरिएको पाइए डेटाबेसमा अंकित मूल्यलाई आधार बनाएर जरिवानासहित जाँचपास गर्न निर्देशन दिनुभएको छ ।।

English
MTV NEPAL MTVNEPAL


