विभिन्न अवरोधका कारण पटक पटक स्थगित भईरहेको व्यवस्थापिका संसदको बैठक अब भने सहज हुन्छ कि भन्ने अपेक्षा गरिएको थियो । वैठक सञ्चालनका लागी प्रधानमन्त्रि ,सभामुखदेखि राष्ट्रपतिसम्मले प्रयास गरेका थिय । यसैका लागी आजै प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले शिर्ष राष्ट्रिय पार्टिका शिर्ष नेताहरुसंग छलफल गरेका थिय । तर यो प्रयास पनि असफल भएको छ ।
आजका लागी बोलाइएको प्रतिनिधिसभाको बैठक नै नबसी स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठकले संसद सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि ५ भदौसम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।

English
MTV NEPAL MTVNEPAL


