नेपालमा अब लागु हुँदै MCC ,, भदौ १४ लाई तोकियो मिति

एक ताका नेपालमै अत्यन्तै चर्चाको विषय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) ..जस्को पक्ष विक्षमा देशमा धेरै चर्का चर्की भए । लाखौं युवाहरु सडकमा उत्रिय । संसदमा पनि यस विषयमा चर्को आवज उठ्यो । तर अन्तमा एमसीसी पास भएरै छाड्यो । एमसीसी पास भएपनि यो कहिलेदेखि लागुहुन्छ भन्ने टुंगो थियन । अब यही भदौ १४ गतेदेखि भने यो लागु हुने भएको छ ।

उच्च सरकारी स्रोतका अनुसार पाँच वर्षमा सम्पन्न हुनैपर्ने बाध्यकारी एमसीसीका परियोजना कार्यान्वयनको अवधि ३० अगस्त २०२३ अर्थात् आगामी १४ भदौबाट सुरु हुने (इन्ट्री इन्टु फोर्स) समझदारी भएको छ ।

यो परियोजना कार्यान्वयन गर्ने मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालको सञ्चालक समितिको बैठकमा ३० अगस्टलाई इन्ट्री इन्टु फोर्स’ बनाउने समझदारी बनेको भएपनि ‘यसको माइन्युटिङ नसकेको बताइएकोे छ । बोर्डमा पर्यवेक्षकका रुपमा एमसीसीका प्रतिनिधि पनि हुने भएकाले यसमा उनीहरुको समर्थन छ । यही मितिबाट पाँच वर्षको अवधि गणना शुरु हुने गरी निर्णय हुने सम्भावना रहेको छ । एमसीसीको मुख्यालयबाट यो परियोजना अब अघि बढाउँदा हुन्छ भन्ने सकारात्मक सन्देश आएपछि सरकार लागू हुने मिति घोषणा गर्ने तर्फ लागेको हो ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com