एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । बुधबार अपराह्न ४ बजे बसेको बैठकको सुरुमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले बोलेको कुराले नेपालको स्वाभिमानलाई ठेस पुगेको भन्दै नैतिकताको आधारमा राजीनामा मागेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेसहित विपक्षी दलले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् । केही दिन अघि प्रितम सिंहले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बोलेको कुरालाई लिएर एमाले सांसद पन्तले सो अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाधीनतामा आघात पुगेको बताउँदै नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने बताए ।
सांसद पन्तले प्रधानमन्त्री प्रचण्डको सो अभिव्यक्तिमाथि मेचीदेखि महाकालीसम्मका नेपालीले प्रश्न गरेको भन्दै लेन्डुप दोर्जेको नेपाली संस्करण नचाहिएको टिप्पणी गरे । उनले भारत भ्रमणको क्रममा प्रचण्डले नेपालको सीमा मिचिएको विषयमा नबोलेको बताउँदै प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने चेतावनी दिए । सभामुख देवराज घिमिरेले सांसदहरूलाई आसन गर्न आग्रह गर्दै माओवादी सांसद छिरिङल्हामु शेर्पालाई बोल्न समय दिएपछि एमाले सहितका विपक्षी सांसदहरू रोष्टम घेर्न पुगेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com