बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । यसैगरी १३ वटा सडक एकतर्फी सञ्चालनमा छन् । विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् ।
मेची राजमार्ग अन्तर्गतको केचना(चन्द्रगढी(चारआली(इलाम(फिदिम,गणेशचोक(ताप्लेजुङ(ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ । विभागका सुचना अधिकारी श्याम कुमार यादवका अनुसार यसैगरी तमोर करिडोर अन्तर्गत चतरा(मूलघाट(माझीटार(अमरापुरडाँडा(गणेश चोक खण्ड पनि अवरुद्ध छ । यस्तै कोशी राजमार्ग अन्तर्गत रानी(विराटनगर(इटहरी(धरान(धनकुटा(हिले, लेघुवाघाट(तुम्लिङटार(खाँदबारी(नुम(किमाथांका सडकखण्ड पनि अवरुद्ध रहेको विभागले जनाएको छ । एकतर्फी सन्चालनमा रहेका सडकहरुमा तानसेन(रिडी(कोरला र डुम्रे(बेशीसहर(चामे सडक खण्ड एकतर्फी चालु छन् । यसैगरी सिद्धार्थ राजमार्ग अन्तगर्तको बेलहिया, भैरहवा(बुटवल(वर्तुङ(राम्दी(स्याङ्जा(पोखरा खण्ड पनि एकतर्फी सन्चालनमा रहेको सडक विभागले जनाएको छ । हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सन्चालनमा आइसकेको र यस वर्ष ७३ वटा सडकखण्ड अवरुद्ध भएको विभागको तथ्यांक छ ।

English
MTV NEPAL MTVNEPAL


