ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक बेहोस, उपचारका क्रममा मृत्यु

जुम्लाः सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो ।

उपचारका क्रममा उनको मुत्यु भएको सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लाका प्रहरी उपरीक्षक सरत न्यौपानेले बताउनुभयो । सशस्त्र प्रहरी निरीक्षक थापा दैलेख जिल्ला नारायणी नगरपालिका–८ निवासी हुन् । ‘निरीक्षक थापा मङ्गलबार राम्रोसँग ड्युटी भ्याएर खाना खाएर सकुशल सुतेका थिए ।

आज बिहान एक्कासि बेहोस भएको थाहा पाएपछि उपचार गर्न लगेका हौँ । तर बचाउन सफल भएनौँ”, उपरीक्षक न्यौपानेले भन्नुभयो, “डाक्टरका अनुसार हृदयाघातका कारण मृत्यु भएको आशङ्का छ ।” अब परिवारसँग खबर गरेर गाडी वा अन्य सवारीसाधनमा उनकै जिल्ला पठाएर कानूनी प्रक्रियाअनुसार दाहसंस्कार गरिने पनि उपरीक्षक न्यौपानेले बताउनुभयो । मृतक थापा एक वर्षदेखि जुम्लामा बसेर सेवा गर्दै आएका थिए ।

THIS IS ADD AREA
x

Check Also

आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ । “पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो ...

Social Media Auto Publish Powered By : XYZScripts.com