काठमाडौँ ः नेपालमा वि.सं २०७२को संघिय संविधान घोषणा संगै देशको शासन व्यावस्थामा व्यापक परिवर्तन आउनु स्वाभाविक नै हो । देश संघियताको आधार तयार गरि रहेको छ । सरकार ३ तहका निर्माण सँगै कर्मचारी पनि ३ तहमा जानुपर्ने बाध्यता नै भयो । सैधान्तिक रुपले देश संघियतामा गए पनि व्यवहारमा अहिले पनि केन्द्रिकृत शासन नै चलि रहेको महशुस सर्वसाधारणले गरेकै छन् ।यसको ज्वलन्त उदाहरणको रुपमा लोकसेवा आयोगले स्थानिय सरकारको कर्मचारी भर्ना गर्न लोकसेवाको परीक्षा खोल्दाको व्यापक विरोधले पुष्टि गरेकै छ । त्यसमा पनि प्रदेश नं २ को मुख्यमन्त्री लालबाबु राउतको विशेष विशेष विरोध संगै संघ सरकारको सहभागी दल समाजबादी पार्टी (तत्कालिन संघिय समाजवादी फोरम)नेपालले विरोधमा अधिकारिक पत्राचार गरेर पुर्ण रुपले पुष्टि हुन जान्छ नै । यति सम्म विरोध हुँदा पनि लोकसेवाले आफनो असमावेशी नितिलाई निरन्तरता दिंदै लोकसेवाको परिक्षा सञ्चालन गर्न नै भयो । यसैको साथ तत्काल प्रदेश र स्थानिय तहलाई कर्मचारी अभावले ‘आमा बिनाको दुधे बालक’झै बनाएको सर्वविदित नै छ । अनवरत रुपले २ वर्षको कडा विरोध र सहयोगको बीच संघ सरकारले कर्मचारी समायोजन विधेयक पास गरायो जसले कुन कर्मचारी प्रदेश,स्थानिय र संघमा रहने भने समायोजनामा संघिय मामिला मन्त्रालयले एउटा सूचि जारी गरयो । अरु मन्त्रालय झै स्वास्थ्य र शिक्षा मन्त्रालयका कर्मचारी पनि समायोजना जाने भयो तर सूची प्रकाशित भएको भोलि पल्ट देखि नै स्वास्थ्यका झोले कर्मचारी ( जुन कुनै न कुने राजनितिक दलसँग जोडिएका छन्)को आक्रमक आन्दोलन शुरु भयो र सरकार यसको पुनर विचार गर्न बाध्य भयो ।फलरुवरुप फेरी समायोजनको सूचि सार्वजनिक हुन लागेछ । जसको आधार नै पावर र पैसा छ । यसमा लिस्ट बनाउँदा सम्बन्धित स्वास्थ्य मन्त्रालयका कर्मचारी देखि स्वास्थ्य मन्त्रीका आसे पासे पुलका काम गर्ने आतुर छन् । पाइक पर्ने र आर्थिक चलखेल हुने ठाँउको लागी तहगत शुल्क मन्त्रीको पार्टी कार्यालय र मन्त्री क्वाटरमा मात्रै नभई कार्यकर्ता र केन्द्रीय सदस्य समेतको घर डेरामा हुन लागेको जानकारी आएको छ । विगतका स्वास्थ्य मन्त्रालयका सम्पुर्ण भ्रष्टाचार सँग जोडिएका कर्मचारी सक्रिय भएका छन् । दस्तुर एडभान्समा बुझाउने निति नै लिइएको जस्तो छ ।तहगत हिसाबले ५० हजार देखि ५ लाख सम्म दस्तुर तोकिनुले संघियताका पृष्टपोषक प्रवर्तक समाजबादी नेपालका अध्यक्ष समेत रहेका नेपालका नेलशन मण्डेलाका छवि बनाइने प्रयासमा रहेका उपेन्द्र यादवको वास्तविक सपना पुरा भएकैे हो र ?आफने कार्यकर्तालाई कमाई खाने भाडो बन्न दिएको उहाँ देखि राख्नु भएछ कि आफनो मौन स्विकृती देखाउँदै हुनुहुन्छ ? यदि त्यस्ता कार्यकर्ता र कर्मचारीको काम जान्न सक्नु भएन भने यो नेलशन मण्डलाको सपना न देख्दा हुन्छ । अन्यया च्युराको गवाही दहि भए छै मन्त्री आफै पनि आफनो पदिय जिम्मेबारी बहन गरेका हुन र? यो सरकारले शुन्य भ्रष्टाचारको नारा के यहि हो ? देश विकारको मुल आधार संघियता भन्नेहरु सचेत र सजग भएर वरिष्टता र कनिष्टाताको आधारमा समायोजना गर्नु पर्ने हैन र ?

English
MTV NEPAL MTVNEPAL


