आइफा (IIFA) इन्टरनेशनल फिल्म एकेडमीद्धारा सन् २००० मा स्थापना भएको अवार्ड मूख्यतया हिन्दी भाषि बलिउडका कलाकार तथा टोक्निकल एक्सिलेन्सहरुलाई प्रेणित गर्ने उद्देश्यले स्थापना भएको हो । यसमा स्थापना काल देखिनै प्रमुख ३ तहका अवार्ड दिने गरिन्छ । ती हुन् १.पपुलर अवार्ड २.स्पेशल अवार्ड ३. टेक्निकल अवार्ड । अहिले सम्म १९ पटक यो अवार्ड वितरण भईसकेको छ । यसका बा्रण्ड एम्बेसेडर हिन्दी फिल्म जगत का महानायक अभिताभ बच्चन हुन् । सन् २०१९ मा यसको २० औ अवार्ड वितरण समारोह नेपालको काठमाडौँमा हुन गइरहेको छ । यसमा प्रमुख कुरा के हो भने आइफा (IIFA) अवार्ड वितरण हुनुको प्रमुख लाभ नेपाललाई के ? यहाँको कलाकारलाई कस्तो लाभ ? यसको आयोजना नेपाल टुरिजम बोर्डको सहकार्यमा Visit Nepal- 2020 लाई प्रर्वद्धन गर्न गरिएको छ भनि नेपाल पर्यटन बोर्डका अध्यक्ष दिपक राज जोशी जीको भनाइ छ । तर यो कति सफल रहला ?भविष्यको गर्भमा छ । यसको आयोजना नेपाल सरकारको मन्त्री लगायत १७ सदस्य समितिले गर्ने छ । त्यसमा को को हुने ? अहिले सम्म चयन विधि तय गरिएको छैन । पर्यटन बोर्डको यस कार्यक्रमले सन् २०१५का भूकम्प पिडितलाई विशेष सहयोग गर्ने भने भनिए पनि कुनै ठोस् निति देखिदैन र सन् २०१५ देखि २०१९ सम्ममा ४ पटक भई सकेको यो अवार्ड वितरण यस भन्दा पहिले नेपालमा किन राखिएन? बिहेपछि को पोतेको के काम ? हामी नेपाली भूकम्पलाई बिर्सि सके पछि यसको याद दिलाउन,सकि सकेको धाऊ कोट्याउन भारतको कलाकार बोलाउने हुन् जस्तो लाग्छ । यो ३ दिनसम्म चल्ने कार्यक्रम वा भनौ हिन्दी भाषा साहित्यको प्रचार प्रसार देखि भारतीय कलाकारको पुरस्कार वितरण गर्ने नेपाल सरकारले गर्न लागेको १ अरबको खर्च देखेर “नेपाली कलाकार भोको पेट, भारतीय कलाकारलाई १ करोडको भेट ” केको लागी ? मात्रै मन्त्रीजीहरुलाई ३ दिनको रमिता हेर्न यस अवार्ड वितरणले के भारतीय पर्यटकलाई प्रोत्साहित गर्छ ? देश आफै आर्थिक तरलताबाट गुजी्र रहेछ अनि पर्यटन बोर्डले पर्यटन प्रवद्र्धन गर्न प्रत्येक अप्रवासी सँग लिदै गरेको नेपाली रु ११३० एयरपोर्ट टयाक्स्को बाट संकलित १ अरब ७० करोड के भारतको कलाकारको लागी हो ? यस कार्यक्रम को कपीराईट(copyright) को सँग हुने ? नेपाल सँग वा भारत सँग ? यस सँग सम्बन्धित विज्ञापन कसले बनाउने ? कुन टेलिभिजनहरुले प्रत्यक्ष प्रसारण गर्ने ? यदि साँच्चै ने पर्यटन बोर्डले पर्यटन वर्ष २०२० लाई प्रर्वद्धन गर्न खोजेको हो भने आफनो देशको कलाकार राखेर आफनो मौलिक संस्कृति झल्किने कार्यक्रम प्रोत्साहन गरेर आफनै देशमा २१६ केवल टेलिभिजन र १८ वटा सेटेलाइट टेलिभिजन सँग सहकार्य गर्दा रामा्रे हुन्थ्यो की ? हामा्रे प्रधानमन्त्री ज्युलाई हाँस्य कलाकार बनाउने भारतीय मिडियालाई आफनो माटोमा फेरी आफनै गरिबीको उपहास गर्न दिनु भन्दा आफनो देश बनाउन लाग्ने बेला आएन र?यसमा आइफा (IIFA) अवार्डको आयोजनाको हामीले विरोध गरेका होइनौ । तर आफनो देशको सर्वार्गिण विकास प्रति हामी सचेत छौ । नेपाली फिल्म फेयर अवार्ड आर्थिक कारणले मात्रै रोकिएको प्रति पनि सरकारको ध्यान जाओस् । आइफा (IIFA)ले हामीलाई भन्दा भारतलाई जि विश्वभर चिनाउने हैन र ? हामा्रे आफ्नो उन्नति हाम्रो आफ्नो पहिचान नै हो । हामी सबैको लागि सधैको लागि चरितार्थ गरौ । पर्यटन बोर्डले समयमा यसको सफल र सरल निकास निकालोस् ।

English
MTV NEPAL MTVNEPAL


